मधेस सरकारबाट जनमत पार्टीको समर्थन फिर्ता

जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेश प्रमुखको कार्यालय जनकपुरधामले  आज विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । विज्ञप्तिअनुसार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गठन भएको मधेस प्रदेश सरकारलाई जनमत पार्टीले दिएको समर्थन मिति २०८३ वैशाख  २२ गतेदेखि फिर्ता लिएको ब्यहोरासहितको पत्र प्रदेश प्रमुखको कार्यालयमा प्राप्त भएको […]

Continue Reading

नेपालमा पश्चिमी वायुको प्रभाव : बुधबार अधिकांश भूभागमा वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज बुधबार देशका अधिकांश भूभागमा मेघगर्जन चट्याङ्गसहित वर्षाको सम्भावना रहेको बताएको छ । महाशाखाकाअनुसार  कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको […]

Continue Reading

स्थलमार्गबाट नेपाल आउने पर्यटकवाहक सवारी साधन अब अनलाइनबाटै दर्ता गर्न सकिने

सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने अन्य देशका पर्यटकलाई सहजीकरण गर्न अनलाइन सेवा सुरु गरेको छ। अर्थ मन्त्रालय मातहतको भन्सार विभागले स्थलमार्ग भएर नेपाल भित्रिने विदेशी सवारी साधनले अनलाइनबाटै विवरण भर्न र राजस्व तिर्न सक्ने प्रणाली विकास गरेर सञ्चालनमा ल्याएको हो। उक्त प्रणालीको एक कार्यक्रमबीच अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शुभारम्भ गरे। नयाँ प्रणाली सञ्चालनमा […]

Continue Reading

असुरक्षित क्रेमलिन : हत्या र ‘कू’ को डरले पुटिनको सुरक्षामा व्यापक कडाइ

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सुरक्षामा क्रेमलिनले व्यापक कडाइ गरेको युरोपेली गुप्तचर निकायको एक रिपोर्टले जनाएको छ ।उच्च तहका रुसी सैन्य अधिकारीहरूको लगातार हत्या र सम्भावित ‘कू’ को डरका कारण राष्ट्रपति निकटका कर्मचारीहरूको घरमा समेत निगरानी प्रणाली जडान गरिएको सीएनएनले जनाएको छ । रिपोर्टअनुसार पुटिनका भान्से, अंगरक्षक र फोटोग्राफरलाई सार्वजनिक यातायात प्रयोग गर्न रोक लगाइएको छ । […]

Continue Reading

समस्याग्रस्त सहकारीको बचत फिर्ता जेठदेखि सुरू हुने, झन्डै ४६ अर्ब फिर्ता गर्न बाँकी

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आगामी जेठ पहिलो साताबाट बचत फिर्ता प्रक्रिया सुरू गर्ने भएको छ।समितिले करिब ७६ हजार बचतकर्ताको झन्डै ४६ अर्ब रूपैयाँ फिर्ता गर्न बाँकी रहेको जनाएको छ। समितिका अनुसार हालसम्म सरकारबाट चक्रीय कोषमार्फत २६ करोड रूपैयाँ सापटी लिइएको छ भने ऋणीहरूबाट करिब ६० करोड रूपैयाँ कर्जा असुल भइसकेको छ।बचतकर्तालाई रकम फिर्ता गर्न कर्जा असुलीलाई प्राथमिकतामा […]

Continue Reading

अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु

केही दिन यता देखिको वर्षासँगै आएको बाढी पहिराका कारण अवरुद्ध भएका देशका विभिन्न क्षेत्रका केही राजमार्गमा यातायात सुरु भएका छन् । सोमबार साँझको वर्षासँगैको पहिराका कारण अवरुद्ध भएको ललितपुरको बागमती गाउँपालिका–३ भालुखोलास्थित कान्तिलोकपथ सडक खण्ड, ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ हाङगाङदाङ थुकिम्बा–दोभान भित्री सडक खण्ड, सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित ईकु पहिरोका कारण अवरुद्ध अरनिको राजमार्ग, मकवानपुर भिमफेदी […]

Continue Reading

बन्दहुदै ट्रेड युनियनका कार्यालयहरू

सरकारले अध्यादेशमार्फत निजामती कर्मचारीहरूको ट्रेड युनियन अधिकार खारेज गरेसँगै सरकारी कार्यालयहरूमा रहेका युनियनका कार्यालयहरू बन्द गराउने प्रक्रिया सुरु गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार सबै मन्त्रालय, विभाग र निकायहरूलाई परिपत्र गर्दै युनियनका कार्यालयहरू तत्काल बन्द गरी सरकारी सम्पत्ति फिर्ता लिन निर्देशन दिएको हो । ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, […]

Continue Reading

आजका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार, अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा तोकिएको छ । यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ १५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ८२ पैसा र […]

Continue Reading

रुस र युक्रेनले गरे फरक-फरक समयमा युद्धविरामको घोषणा

मे ९ अर्थात् विजय दिवसअघि रुस र युक्रेनले फरक-फरक समयमा युद्धविरामको घोषणा गरेका छन् । रुसले शुक्रबार र शनिबार युद्धविरामको घोषणा गरेको हो भने युक्रेनले बुधबार बिहान १२ बजेदेखि शत्रुतापूर्ण गतिविधि बन्द गर्ने बताएको छ । रुसी रक्षा मन्त्रालयले दोस्रो विश्वयुद्धमा नाजी जर्मनीको पराजयको ८१ औं वार्षिकोत्सव मनाउन यो निर्णय गरेको हो । यद्यपि, यदि […]

Continue Reading

विश्वकप लिग २: ओमानविरुद्ध नेपालको सानदार जित

आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा नेपालले ओमानमाथि जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले ओमानमाथि ८१ रनको जित हासिल गरेको हो । जितका लागि २५७ रनको लक्ष्य पछ्याएको ओमान ३९.५ ओभरमा १७५ रनमै ‘अलआउट’ भयो । ओमानका कप्तान जतिन्दर लागि १२ रन बनाएर सुरुआत गरेका […]

Continue Reading