सरकारको वेभसाइट ह्याक गरेर ठेक्का हत्याएको आरोपमा पक्राउ परेकामध्ये एक जनालाई थुनामा पठाइँदा अन्य धरौटीमा छुटेका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश चुरामन खड्काको एकल इजलासले धनकुटाको दिवाकर देउवालाई पुर्पक्षका लागि कारागार चलान गर्दा ११ जनालाई धरौटीमा छोड्ने आदेश गरेको हो ।
पूर्वमन्त्री विक्रम पाण्डे,टंककुमार श्रेष्ठ, स्वदेश पोखरेल,ऋषिकेश गौली,अमृत बोहोरा,अनिल श्रेष्ठ र प्रकाश ढुंगाना चार लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । त्यसैगरी, सञ्जय भट्ट र भाष्करराज अर्यालसँग १० लाख रुपैयाँ धरौटी माग गरिएको हो । सागर कटुवाल र जीवनकुमार दास पाँच लाख रुपैयाँ धरौटीमा छुटेका छन् ।
उनीहरु सबै निर्माण व्यवसायी हुन् । उनीहरुले सार्वजनिक खरिद अनुगमन कार्यालयको वेभसाइट ह्याक गरेर कम रकममा ठेक्का कब्जा गर्दै आएका थिए । सीआईबीले लामो अनुसन्धानपछि उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
