अमेरिका र इजरायलको आक्रमणपछि इरानी संसदको आज पहिलो बैठक बस्दै

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणपछि पहिलो पटक इरानी संसदको अधिवेशन बोलाइएको छ। इरानको आधिकारिक समाचार एजेन्सी इरनाका अनुसार इरानी संसदका प्रवक्ता अब्बास कोडारजीले युद्धपछि संसदको पहिलो बैठक भिडियो कन्फरेन्सिङमार्फत हुने घोषणा गरेका हुन्।

वर्तमान परिस्थितिलाई ध्यानमा राखेर घोषणा गरिएका उपायहरू पालना गर्दै बैठक आज भिडियो कन्फरेन्सिङ मार्फत हुने भएको हो।

बैठकमा सांसदहरूले युद्धका कारण इरानका जनताको जीविकोपार्जनसँग सम्बन्धित आर्थिक मुद्दाहरू र चिन्ताबारे छलफल गर्नेछन्। यसअघि इरानी संसद बैठक फेब्रुअरी १६ मा भएको थियो। फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमा आक्रमण गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *