जेन–जी आन्दोलनः सरकारद्वारा जाँचबुझ आयोग गठन

सरकारले जेन–जी आन्दोलनका क्रममा भएका घटनाको जाँचबुझका लागि आयोग गठन गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो। जाँचबुझ आयोग ऐन, २०२६ अन्तर्गत गठित आयोगमा सदस्य नेपाल प्रहरीका पूर्व एआइजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन्।आयोगलाई तीन महिनाको समय दिइएको छ।

Continue Reading

तुइन खोलामा फेरी पहिरो नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा गएराती  पुनः पहिरो खसेर अवरुद्ध भएको छ। दिउँसो ४ बजे एकतर्फि सञ्चालनमा आएको सडक साँझ ८ बजे पुन पहिरो खसेपछि अवरुद्ध भएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार साँझ ८ बजेपछि निरन्तर पहिरो खसिरहेकाले पन्छाउन सकिएको छैन।रातको समयमा जोखिम हुने भएकाले राती ९ बजेबाट बिहान ५ बजेसम्म आवागमन रोक्नका लागि प्रशासनले […]

Continue Reading

सुरू भयो दशैंःआज घरघरमा घटस्थापना गरिँदै

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरू हुने हिन्दुहरूको पर्व बडा दसैं आजदेखि प्रारम्भ भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ। बडा दसैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजा कोठा वा दसैं घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ […]

Continue Reading

बजारमा दसैँको चहलपहल (फोटो फिचर)

हिन्दुको चाड दसैँ नजिकिँदै गर्दा बजारमा चहलपहल बढेको छ । काठमाडौँको असन आसपासमा जमरा राख्न प्रयोग हुने माटाको भाडा, माटो, धान, मकै, गहुँ आदि किन्नेको चहलपहल देख्न सकिन्छ । मानिसको आवत जावत निकै भएता पनि व्यापारमा वृद्धि नभएको व्यापारी बताउछन् ।

Continue Reading

मुग्लिन–नारायणगढ सडक सञ्चालन

पहिरोको कारण तीन दिनदेखि अवरुद्ध मुग्लिन–नारायणगढ सडक खण्ड केहीबेर अघिदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ । शुक्रबार साँझबाट अवरुद्ध भएको सडक पहिरो पन्छाएर ४६ घण्टापछि सञ्चालनमा आएको हो । दुवै तर्फबाट डोजरले पहिरो पन्छाएपछि केही बेरबाट एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जानकारी दिए ।

Continue Reading

शुक्रबारदेखि अवरुद्ध मुग्लिन–नारायणगढ सडकको पहिरो पन्छाउने काम बिहानैदेखि शुरु

मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला पुल नजिक शुक्रबार साँझदेखि खसेको पहिरो पन्छाउने काम आज बिहानैदेखि पुन: शुरु भएको छ ।शुक्रबार साँझदेखि खसेको पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन । आज बिहानैदेखि मुग्लिन तर्फ र नारायणगढ तर्फबाट मेसिन परिचालन गरी पहिरो पन्छाउने कार्य शुरु भएको हो । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार ढुंगा झर्ने […]

Continue Reading

आज पितृपक्ष समापन हुदै

आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आज अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ ।आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह (आमाको बा)को श्राद्ध भने सोमबार गरिन्छ । […]

Continue Reading

युरोपेली विमानस्थलहरू ‘साइबर अवरोध’बाट प्रभावित

ब्रसेल्स, बर्लिन र लन्डनको हिथ्रो लगायतका प्रमुख युरोपेली विमानस्थलहरू शनिबार ‘साइबर–सम्बन्धित अवरोध’बाट प्रभावित भएको जनाइएको छ । अवरोधले चेक–इन र ब्यागेज ड्रप प्रणालीलाई असर गर्दा सेवा प्रभावित भएको सेवा प्रदायक कोलिन्स एरोस्पेसलाई उदृत गर्दै एएफपीले जनाएको छ । युरोपेली हवाई सेवा प्रदायकहरुले अवरोधको सामना गर्दा उडानमा ढिलाइ तथा उडान रद्द हुने चेतावनी दिए पछि ‘एयरस्पेस […]

Continue Reading

प्रहरी रिपोर्ट : १२७६ थान राइफल र पिस्तोल लुटिए, ९८ हजार ४९१ थान गोली अभिलेखबाट हराए

जेन–जी आन्दोलनमा सरकारले गरेको दमनको स्वरूप त यसमा भएको मानवीय क्षतिले नै प्रस्ट पारेको छ । दुई दिनका घटनामा ७४ जनाको ज्यान गएको छ भने करिब २ सय अझै अस्पतालमा छन् । २३ भदौको आन्दोलनमा प्रहरीले गरेको बर्बर दमन र दोस्रो दिन भएको आगजनी र लुटपाट कति भयावह थियो भन्ने तथ्य प्रहरीको हतियार भण्डारको अभिलेखले पनि खुलाएको […]

Continue Reading

चोर नेतालाई विस्थापित नगरेसम्म देश बन्दैनः प्रभु साह

आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले भ्रष्ट प्रदेश सरकार र स्थानीय सरकार पनि खारेज हुनुपर्ने बताएका छन् । भ्रष्ट प्रदेश सरकारहरु विघटन गरेर संघीयतालाई बलियो बनाउनुपर्ने उनले बताए । आजपाको काठमाडौंमा सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले यस्ताे  बताएका हुन  । आजपाले मुलुकमा भ्रष्टाचार, कुशासन, अनियमितता, लुट एवं भ्रष्टाचार […]

Continue Reading