तुइन खोलामा फेरी पहिरो नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा गएराती  पुनः पहिरो खसेर अवरुद्ध भएको छ। दिउँसो ४ बजे एकतर्फि सञ्चालनमा आएको सडक साँझ ८ बजे पुन पहिरो खसेपछि अवरुद्ध भएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार साँझ ८ बजेपछि निरन्तर पहिरो खसिरहेकाले पन्छाउन सकिएको छैन।रातको समयमा जोखिम हुने भएकाले राती ९ बजेबाट बिहान ५ बजेसम्म आवागमन रोक्नका लागि प्रशासनले सूचना जारी गरेको थियाे ।

त्यसअघि नै पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। शुक्रबार साँझ इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा पहिरो खसेको थियो। सोही स्थानमा पुनः पहिरो खसेको हो।यो सडकमा दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत हुने गर्दछन्। साे सडक भएर यात्रा गर्नेहरूलाई वैकल्पिक बाटोको प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।

दुई दिनदेखि सडकमा अलपत्र परेका केही यात्रु गन्तव्यमा गए पनि पहिरो खसेपछि अन्य त्यही  अलपत्र परेकाे अवस्थामा रोकिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *