इरानमा मृत्यु दण्डको संख्यामा वृद्धि, अन्तर्राष्ट्रिय आलोचना

इरानमा सन् २०२५ को सुरुवातदेखि हालसम्म कम्तीमा एक हजार जनालाई मृत्युदण्ड दिइएको गैरसरकारी संस्था इरान मानवअधिकार (आइएचआर) ले जानकारी गराएको छ । उक्त संस्थाले यो कार्यलाई ‘भय सिर्जना गर्ने उद्देश्यले गरिँदै आएको सामूहिक मृत्युदण्ड अभियान’ को रूपमा चित्रण गरेको छ । गत सातामात्रै ६४ जनालाई फाँसी दिइएको जनाएको छ, जसको औसत दर दैनिक नौभन्दा बढी […]

Continue Reading

‘हरिबहादुरको जुत्ता’को सेन्सर पास

हरिवंश आचार्यको प्रमुख भूमिका रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’को सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले यो फिल्मलाई ‘युनिभर्सल’ प्रमाण पत्र दिइएको निर्माण पक्षले जनाएको छ । दीपेन्द्र के खनाल निर्देशित फिल्ममा हरिवंशसँगै आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, […]

Continue Reading

अम्पाएर डिकी बर्डकाे निधन

पूर्व टेस्ट क्रिकेट अम्पायर हेरोल्ड ‘डिकी’ बर्डको ९२ वर्षको उमेरमा निधन भएको योर्कसायर काउन्टी क्रिकेट क्लबले जनाएको छ । विश्व क्रिकेटका निकै सम्मानित अम्पायर बर्डले ६६ टेस्ट र ६९ एकदिवसीय अन्तर्राष्ट्रियमा अम्पायरिङ गरेका थिए । तीन विश्वकपमा अम्पायरिङ गरेका बर्डका बारेमा योर्कसायरले आफ्नो वेबसाइटमा एक विज्ञप्ति राख्दै भनेको छ, ‘क्रिकेटका सबैभन्दा प्यारामध्ये एक व्यक्तित्व’ को […]

Continue Reading

शिक्षामन्त्री पुनलाई मन्त्रालयमै खानेबस्ने व्यवस्था

नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई मंगलबारदेखि मन्त्रालयमै खाने, बस्ने व्यवस्था गरिएको छ । प्रवक्ता शिवकुमार सापकोटाले मन्त्रीको कार्यकक्षसँगैको कोठामा खाने, बस्ने प्रबन्ध गरिएको बताए । ‘आजदेखि यहीं बस्ने कुराकानी भएको छ । कार्यकक्ष सँगैका कोठा खाली गरेर सुत्ने, बस्ने र भान्सा बनाइएको छ,’ उनले भने । भाद्र २४ गतेको प्रदर्शनमा सिंहदरबारभित्रको शिक्षा मन्त्रालयमा आगजनी भएपछि […]

Continue Reading

आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ १४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ८५ पैसा ,युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

Continue Reading

विमानको ल्यान्डिङ गियरमा लुकेर काबुलबाट दिल्ली

अफगानिस्तानका एक १३ वर्षीय किशोर विमानको ल्यान्डिङ गियरमा लुकेर भारतको राजधानी दिल्ली पुगेका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार, दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा सोधपुछ गरेपछि, उनलाई सोही उडानमा अफगानिस्तान फिर्ता पठाइएको हो । दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा काम एयरलाइन्सको उडान (उडान नम्बर आरक्यू-४४०१) का चालक दलले विमान नजिकै एक किशोर हिंडिरहेको देखे । […]

Continue Reading

निर्वाचन तयारीका कार्य तत्काल अगाडि बढाउन प्रधानमन्त्रीको निर्देशन

निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीले छलफल गरेका छन् ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको  छलफलमा प्रतिनिधिसभाको विघटन भई आगामी फागुन २१ गतेका लागि निर्वाचन तोकिएको सन्दर्भमा त्यसका लागि आवश्यक कानुन संशोधन, निर्वाचन व्यवस्थापन र स्रोत परिचालन लगायत विषयमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारीले छलफल गरेका हुन्  । छलफलमा प्रधानमन्त्री […]

Continue Reading

दसैँमा यात्रा सडकमा समस्या सावधानी अपनाउनु पर्ने

दसैँ–तिहारको जस्ता ठुला चाडपर्वको समय सुरु भएदेखि काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको चाप ह्वात्तै बढेको छ। यस वर्ष घटस्थापनादेखि नै सार्वजनिक सवारीसाधनलाई रुट परमिट दिने सरकारको निर्णयले यात्रुलाई राहत मिलेको छ। तर पछिल्लो समय लगातारको मनसुनपछि देशका प्रमुख राजमार्गहरू अवरुद्ध भइरहेका छन्। जसले काठमाडौंबाट बाहिरिने र भित्रिने यात्रुले ठुलै सास्ती खेपिरहनु परेको छ। पाँच घण्टा लाग्ने […]

Continue Reading

मुग्लिन-नारायणघाट सडक: यात्रा सहज बनाउन यी हुन् वैकल्पिक मार्ग, हेर्नुहोस् सूची

मुग्लिन-नारायणघाट सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेर सडक कम्तीमा तीन दिनका लागि अवरुद्ध हुने भएपछि सडक विभाग र ट्राफिक प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्। पहिरो पन्छाउन समय लाग्ने भएकाले यात्रामा असहजता नहोस् भनी विभिन्न गन्तव्यका लागि फरक-फरक वैकल्पिक मार्गहरू तोकिएका छन्। काठमाडौं भित्रिने तथा बाहिरिने सवारी साधनका लागि विभिन्न मार्ग तोकिएको छ। धादिङको […]

Continue Reading

जेन-जी आन्दोलन: हाई–प्रोफाइल जोडिएकाको फाइल खोजी-खोजी नष्ट

अदालतमा हाई प्रोफाइल भएका व्यक्ति जोडिएका सबै फाइल खोजीखोजी ध्वस्त पारिएको पाइएको छ। जेनजी आन्दोलनका नाममा सर्वोच्च अदालतसहित मुलुकका २३ वटा अदालतमा रहेका हाई प्रोफाइल भएका व्यक्ति जोडिएका फाइल ध्वस्त पारिएको हो। सूर्यदर्शन, स्वर्णलक्ष्मीलगायत सहकारी ठगी, बहुचर्चित नक्कली भुटानी शरणार्थी काण्ड र सुन तस्करीजस्ता अनुसन्धानमूलक फाइलहरू ध्वस्त भएका छन्। साथै, माओवादी द्वन्द्वकाल र भूमिसम्बन्धी महत्वपूर्ण मुद्दाका […]

Continue Reading