प्रहरीले माग्यो ‘जेनजी’को प्रदर्शनमा आगजानी र लुटपाट गर्नेको भिडियो, परिचय गोप्य राखिने

नेपाल प्रहरीले ‘जेनजी’को प्रदर्शनका क्रममा भएका अप्रिय घटनासँग सम्बन्धित तस्बिर तथा भिडियो सर्वसाधारणसँग मागेको छ । प्रहरीले शुक्रबार (भदौ २७) एक सूचना प्रकाशित गर्दै सर्वसाधारणसँग भदौ २३ र २४ गते देशभर भएका अप्रिय घटनाको तस्बिर तथा भिडियो मागेको हो । “यही भदौ २३ र २४ गते काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानहरूमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका […]

Continue Reading

प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त, ९ बजे शपथ

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा सुशीला कार्कीलाई नियुक्त गरेका छन् । उनको सचिवालयले दिएको जानकारीअनुसार अहिले ९ बजे कार्कीको शपथ हुँदैछ ।

Continue Reading

सुशीला कार्कीको नियुक्ति र संसद विघटनबारे यस्तो छ सहमति

राष्ट्रपति कार्यालय शितल निवासमा भर्खरै भएको सहमतिअनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आज राति ९ बजे अन्तरिम सरकार प्रमुखका रूपमा शपथग्रहण गराइने भएको छ। राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार कार्कीको नियुक्ति र शपथलगत्तै मन्त्रिपरिषदको पहिलो बैठक बस्नेछ। त्यही बैठकले प्रतिनिधिसभा विघटनको निर्णय गर्ने र स्वीकृतिको निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सहमति भएको छ। ‘मन्त्रिपरिषदले प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि […]

Continue Reading

जेनजी आन्दोलनसँगै खाद्यान्न अभावको चिन्ता, के छ अवस्था ?

दसैँ आउन ११ दिन मात्रै बाँकी छ । तर केही दिनयता जेनजी आन्दोलनपछि देश विषम परिस्थितिबाट गुज्रिरहेको छ । परिस्थितिलाई सामान्य बनाउन प्रशासन कार्यालयहरुले देशका धेरैजसो जिल्लामा निषेधाज्ञा र कर्फ्यू आदेश जारी गरेका छन् । आन्दोलनका कारण खाद्यान्न र तरकारी आपूर्तिमा पनि समस्या भइरहेको छ । केही समयअघि बाढीपहिरोका कारण उत्तरी नाका ठप्प छन् भने […]

Continue Reading

सुरक्षाका कारण वीरगञ्ज भन्सारमा सयौं मालवाहक ट्रक रोकिए, आयात–निर्यात आंशिक मात्र

चार दिनदेखि दक्षिणतर्फको सबैभन्दा ठूलो नाका वीरगन्ज भन्सारमा सयौं मालवाहक कन्टेनरहरू थन्किएका छन् ।नेपाल भित्रिनका लागेका सयौं मालवाहक कन्टेनरहरू जेनजीको अन्दोलन लगत्तै भन्सारमा रोकिएका थिए । अहिले आंशिक रूपमा मात्र सुचारु भएको छ । दैनिक ८०० को हाराहारीमा मालवाहक कन्टेनर तथा ट्याकङकरहरू भित्रिने भन्सारमा पछिल्लो कृेहि दिनदेखि सामान्य अवस्थामा जसरी मालवाहक गाडी भित्रिन र बाहिरिन […]

Continue Reading

संभवत आज सुशीला प्रधानमन्त्री हुने

गएराती शीतल निवासमा भएको छलफलपश्चात रास्ट्रपति रामचन्द्र पौडेल पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने निचोडमा पुगेकाे बताइन्छ । सँविधानको कुनै पनि धारामा नटेकी आवश्यकताको सिद्धान्तका  आधारमा यस्तो निर्णय हुन लागेको हो । जसअनुसार,बाहिरका  तमाम हल्लालाई खारेज गर्दै गणतन्त्रको प्रतिक शीतल निवासमा रास्ट्रपति आफ्नो कार्यकालभरी रहने छन् ।  सँसद विघटन हुने छैन र घाइते अवस्थामा […]

Continue Reading

घर जलेका नेताहरु लाखापाखा लागे, कुकुरहरुले घर कुरिरहे

कुकुरलाई सबैभन्दा इमान्दार र बफादार प्राणी मानिन्छ । स्वामीभक्त भनेर पनि चिनिने कुकुरले सँधै मालिकको रक्षा गर्छ । जस्तोसुकै परिस्थिति बने पनि कुकुरले कहिल्यै मालिक र बासस्थानको सुरक्षा गर्न छोड्दैन । र,त्यो कुरा पुनः पुष्टि भएको छ । जेन–जी पुस्ताको आन्दोलनमा नेता, व्यापारीहरुको घरमा तोडफोड र आगजनी गरिएको छ । राजीनामा दिएका प्रधानमन्त्री केपी शर्मा […]

Continue Reading

एसिया कपः बंगलादेशको विजयी सुरुवात, हङकङको लगातार दोस्रो हार

एसिया कप क्रिकेटमा बंगलादेशले विजयी सुरुवात गरेको छ । गए  राति भएको खेलमा बंगलादेशले हङकङलाई ७ विकेटले पराजित गर्यो । समूह बीको खेलमा हङकङले दिएको १४४ रनको लक्ष्य बंगलादेशले १७.४ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । उसको जितमा क्याप्टेन लिट्टोन दासले ५९ रनको योगदान गरे । पहिला ब्याटिङ हङकङले निर्धारित ओभरमा ७ विकेट गुमाएर १४३ […]

Continue Reading

कपिलबस्तु कारागारबाट भागेका ९० कैदीबन्दी पक्राउ

कपिलबस्तु कारागारबाट भागेका ९० जना कैदीबन्दीहरु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार मंगलबार बिहान तोडफोड गरेर कपिलबस्तु कारागारबाट भागेकामध्ये ९० जनालाई नियन्त्रणमा लिएर पुनः कारागार पठाएको छ । कुल चारसय ५९ कैदिबन्दी रहेको कपिलबस्तु कारागारमा २९ जना बाहेक सबै कारागार तोडफोड गरी  विभिन्न कारागारबाट भागेका १७ जना कैदीबन्दीहरुलाई […]

Continue Reading

काठमाडौं, ललितपुर र भक्तपुरको निषेधज्ञा र कर्फ्यु शनिरबारसम्म लम्बियो

काठमाडौं, ललितपुर र भक्तपुरमा निषेधज्ञा र कर्फ्यु शनिबार विहानसम्म लम्बिएको छ। नेपाली सेनाले शनिबार विहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरेको हो। जंगी अड्डाका अनुसार भोलि शुक्रबार ११ बजेदेखि ५ बजेसम्म निषेधज्ञा र साँझ ७ बजेदेखि शनिबार विहान ६ बजेसम्म कर्फ्यु आदेश गरिएको छ।त्यसबीचमा शुक्रबार विहान ६ देखि ११ बजेसम्म र साँझ ५ देखि ७ […]

Continue Reading