कपिलबस्तु कारागारबाट भागेका ९० जना कैदीबन्दीहरु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार मंगलबार बिहान तोडफोड गरेर कपिलबस्तु कारागारबाट भागेकामध्ये ९० जनालाई नियन्त्रणमा लिएर पुनः कारागार पठाएको छ ।
कुल चारसय ५९ कैदिबन्दी रहेको कपिलबस्तु कारागारमा २९ जना बाहेक सबै कारागार तोडफोड गरी विभिन्न कारागारबाट भागेका १७ जना कैदीबन्दीहरुलाई समेत नियन्त्रणमा लिइएको छ ।
भागेका कैदी फक्राउ गर्नेक्रममा कपिलवस्तु नगरपालिका वडा ३ चौबिस हजार पुलमा एक राउण्ड हवाईफायर पनि गरिएको थियाे ।
