एसिया कपः बंगलादेशको विजयी सुरुवात, हङकङको लगातार दोस्रो हार

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

एसिया कप क्रिकेटमा बंगलादेशले विजयी सुरुवात गरेको छ । गए  राति भएको खेलमा बंगलादेशले हङकङलाई ७ विकेटले पराजित गर्यो । समूह बीको खेलमा हङकङले दिएको १४४ रनको लक्ष्य बंगलादेशले १७.४ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । उसको जितमा क्याप्टेन लिट्टोन दासले ५९ रनको योगदान गरे ।

पहिला ब्याटिङ हङकङले निर्धारित ओभरमा ७ विकेट गुमाएर १४३ रन बनाएको थियो। उसका लागि निजाकत खानले ४२ रन जोडेका थिए ।  हङकङ आफ्नो पहिलो खेलमा अफगानिस्तानसँग पराजित भएको थियो । लिग चरणको आफ्नो अन्तिम खेलमा अब उसले श्रीलंकाको सामना गर्नेछ ।

समूह एको खेलमा आज शुक्रबार पाकिस्तान र ओमानबीच प्रतिस्पर्धा हुनेछ । समूह ए मा यूएईलाई ९ विकेटले हराउँदै भारतले विजयी सुरुवात गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *