जेनजी समूहले आइतबार पत्रकार सम्मेलन गर्ने भएका छन् । रिपोर्टर्स क्लबमा दिउँसो ३ बजे पत्रकार सम्मेलन गरेर नयाँ सरकारसँग युवाहरुतर्फबाट मागहरु सार्वजनिक गरिने जेनजी समूहका नेता सुदन गुरुङले जानकारी दिए ।
आन्दोलनमा मृत्यु भएकालाई शहिद घोषणा, परिवारलाई क्षतिपूर्ति, घाइतेको निःशुल्क उपचार र पुनस्थापना, भ्रष्टाचारविरुद्ध निर्मम कारबाही लगायत उनीहरुको माग छ ।
