सुरक्षाका कारण वीरगञ्ज भन्सारमा सयौं मालवाहक ट्रक रोकिए, आयात–निर्यात आंशिक मात्र

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

चार दिनदेखि दक्षिणतर्फको सबैभन्दा ठूलो नाका वीरगन्ज भन्सारमा सयौं मालवाहक कन्टेनरहरू थन्किएका छन् ।नेपाल भित्रिनका लागेका सयौं मालवाहक कन्टेनरहरू जेनजीको अन्दोलन लगत्तै भन्सारमा रोकिएका थिए । अहिले आंशिक रूपमा मात्र सुचारु भएको छ ।

दैनिक ८०० को हाराहारीमा मालवाहक कन्टेनर तथा ट्याकङकरहरू भित्रिने भन्सारमा पछिल्लो कृेहि दिनदेखि सामान्य अवस्थामा जसरी मालवाहक गाडी भित्रिन र बाहिरिन सकेका छैनन् ।

यद्यपि, तीन दिनपछि  गतमंगलबार मात्रै भन्सार कार्यालयले ७० वटा खाली गाडी भारतर्फ पठाएको छ । र, ४० वटा ग्यास र ४४ वटा पेट्रोलियम पदार्थ बोकेका ट्यांकरहरू भित्र्याएको छ । औषधि र कच्चापदार्थ बोकेका केही ट्रक पनि भित्रिएका छन् । नाकामा मालवाहक गाडीहरू रोकिएर बसेको वीरगन्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछाने  बताउछन् ।

गत मंगलबार मात्रै पेट्रोलियम पदार्थ र ग्यासका ट्यांकरहरू भित्र्याएको र अन्य भन्सारमै रोकिएको उनको भनाइ छ । यसबाहेक अत्यावश्यक वस्तुहरूको अापूर्तिका लागि सामान पठाइरहेको उनको दाबी छ ।

बिहिवार मात्रै  ४४ पेट्रोलियम र ४० ग्यासका ट्यांकरहरू पठाएकाे  उनले बताउदै भन्छन, ‘सुरक्षाको समन्वय नभएसम्म जान दिने अथवा भित्र्याउने कुरा हुँदैन । सुरक्षा निकायले भन्नेबित्तिकै यताबाट पठाइहाल्छौँ ।’ वीरगन्ज भन्सारको यार्डमा हजारौँ मालवाहक ट्रकहरू रोकिएर बसेको अवस्था छ । यस भन्सार कार्यालयबाट दैनिक ८०० को हाराहारीमा मालवाहक ट्रक तथा ट्याङ्कर जाँचपास हुने गर्दछन् ।

मंगलबारसम्म वीरगञ्ज भन्सारको यार्डमा मात्रै १ हजार ३५ मालवाहक गाडीहरू रहेका थिए  । त्यसबाहेक भन्सारमै नपुगेर नाकाबाहिर पनि हजारौं गाडीहरू रोकिएकाे देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *