धनगढीका मेयर गोपाल हमालको माग राज

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले नवनियुक्त प्रधानमन्त्री समक्ष भ्रष्टाचार नियन्त्रण गर्न र शहीद तथा घाइतेहरूको अवस्था सार्वजनिक गर्न माग गरेका छन् ।

नगर प्रमुख हमालले शुक्रबार नियुक्त भएकी अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई सामाजिक सञ्जालमा भिडियो सन्देश मार्फत शनिबार बधाई दिदै सो कुरा माग गरेका हुन् । उनले कार्कीको सफल कार्यकालको कामना गर्दै देशको विकास र सुशासनका लागि काम हुने आशा व्यक्त गरेका छन् ।

साथै भिडियो सन्देशमा नगर प्रमुख हमालले कार्कीलाई नेपालको पहिलो महिला प्रधानन्यायाधीश र पहिलो महिला प्रधानमन्त्री दुवै बनेर इतिहास रचेकोमा प्रशंसा समेत गरेका छन् ।

भ्रष्टाचार नियन्त्रणमा जोड दिदै रहेको नगर प्रमुख हमालले भनेका छन्– ‘भ्रष्टाचार रहेसम्म सुशासन हुँदैन । सुशासन नभएसम्म देशले प्रगति गर्दैन ।’ उनले प्रधानमन्त्री कार्कीसँग एक हप्ताभित्र भ्रष्टाचारीहरूलाई अभियोगसहित उनीहरूको सम्पत्ति राष्ट्रियकरण गरी मुद्दा चलाएर जेल हाल्न माग गरेका छन् । यो जेनजी आन्दोलनको पनि मुख्य मुद्दा रहेको उनले बताएका छन् ।

यसैगरी, उनले आन्दोलनमा शहीद भएका र घाइतेहरूको अवस्था’ पनि स्पष्ट जानकारी सार्वजनिक गर्न सरकारलाई आग्रह गरेका छन् ।नगर प्रमुख हमालले शहीदको सङ्ख्या’ अन्योल रहेको भन्दै सरकारले सही तथ्याङ्क, उनीहरूको नाम, ठेगाना र घाइतेहरूको उपचारको अवस्था सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *