प्रतिबन्धित समूह ‘प्यालेस्टाइन एक्सन’को समर्थन गर्दै लन्डनमा प्रदर्शन, ४२५ भन्दा बढी पक्राउ

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

बेलायतमा ‘प्यालेस्टाइन एक्सन’ नामक एक समूहमाथि प्रतिबन्ध लगाइएको विरुद्धमा विरोध प्रदर्शन भएको छ । प्रहरीले प्रदर्शनका क्रममा ४२५ भन्दा बढीलाई पक्राउ गरेको छ ।सेन्ट्रल लन्डनको पार्लियामेन्ट स्क्वायरमा जम्मा भएर सैयौं मानिसले उक्त प्रतिबन्धको विरोध गरे । कंयौं प्रदर्शनकारीले हातमा प्लेकार्ड बोकेका थिए । जसमा ‘म जनसंहारको विरोध गर्छु । म प्यालेस्टाइनको एक्सनको समर्थन गर्छु ।’

मेट्रोपोलिटन प्रहरीले पक्राउ गरिएकाहरु अधिकांश प्रतिबन्धित संगठनको समर्थन गर्नेहरु रहेको बताएको छ । २५ भन्दा धेरैले प्रहरीमाथि आक्रमणको प्रयास गरेका थिए भने कैयौंले सार्वजनिक सम्पत्तिमाथि ढंगामुडा गरेको आरोप छ ।

सरकारले गत जुलाईमा आतंकवादविरुद्धको नियम अन्तर्गत प्यालेस्टिन एक्सन समूहमाथि प्रतिबन्ध लगाएको थियो । उक्त कानुनअनुसार उक्त संगठनको सदस्यता लिनु वा त्यसको समर्थन गर्नु अपराध हो । यदि यस्तो गरेको पाइएमा १४ वर्षसम्मको जेल सजायको कानुनी व्यवस्था छ ।

‘प्यालेस्टाइन एक्सन’ क्याम्पियन चलाउने समूह हो । यसका प्रवक्ताले प्रतिबन्धविरुद्ध प्रतिक्रिया दिँदै भनेका छन्, ‘प्रतिबन्धविरुद्ध तीव्र गतिमा विरोध बढीरहेको छ ।’ प्रदर्शनमा सैयौंको उपस्थितिले अब आफ्नो समूहविरुद्ध प्रतिबन्ध लगाउने असम्भव रहेको र यस्तो गर्नु संसाधनको बर्बादी मात्र भएको उनले टिप्पणी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *