वर्षा भएसँगै धान रोपाइँमा जुटे मधेशका किसान

धेरै दिनको प्रतिक्षापछि सुरु भएको वर्षासँगै मधेश प्रदेशका किसान धान रोपाइँमा जुटेका छन्। लामो समयको खडेरीले सुक्खा भएको खेतमा हिल्याउन पुग्ने वर्षा भएपछि किसान धान रोपाइँमा जुटेका हुन्। गएकाे शुक्रबारदेखि दिनहुँ प्रदेशका सबैजसो स्थानमा वर्षा भइरहेको छ। धनुषाको मिथिला नगरपालिका–३, हरिहरपुरका किसान मनोज महतोले लामो खडेरीपछि आएको वर्षाले खेतीमा ज्यान फर्काएको बताउदै भने  ‘जेठ र […]

Continue Reading

सरकार र दिक्तेलका मेयरबिच १६ बुँदे सहमति

सरकार र खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका अनशनरत मेयर तीर्थराज भट्टराईबिच सहमति भएको छ । आइतबार सरकार र मेयर भट्टराईबिच १६ बुँदे सहमति भएको हो। सहमतिमा बाँस, स्वदेशी काठ वा यस्तै नेपालमा उत्पादित स्वदेशी वस्तु वा सामग्री खरिद गर्ने, पहिलो चरणमा वन तथा वातावरण मन्त्रालय अन्तर्गतका सबै निकायमा अव आइन्दा प्राथमिकताका साथ स्वदेशी वस्तुको खरिद […]

Continue Reading

साउदीमा एकै दिन आठ जनालाई मृत्युदण्डको सजाय, यसवर्ष अहिलेसम्म २३० जनालाई दिइयो

साउदी अरबमा लागु औषध सम्बन्धी अभियोगमा मृत्युदण्डको सजायको प्रयोगमा वृद्धि भइरहेका बेला साउदी अरबले एकै दिन आठ जनालाई मृत्युदण्ड दिएको साउदी अरबका सरकारी सञ्चारमाध्यमले जनाएका छन् । साउदी समाचार संस्था (एसपीए) का अनुसार चार जना सोमालियाली र तीन इथियोपियालीलाई शनिबार दक्षिणी क्षेत्र नजरानमा ‘राज्यमा चरेश तस्करी गरेको आरोपमा’ मृत्युदण्ड दिइएको छ भने आफ्नी आमाको हत्या […]

Continue Reading

बागमतीका मुख्यमन्त्री लामाले दिए राजीनामा

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिएका छन्। पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार राजीनामा दिएको बताएका उनले आफ्नै दल नेपाली कांग्रेसभित्रको ‘प्रपञ्च’ का कारण सरकार छोड्न बाध्य भएको आरोप समेत लगाएका छन्। गत वर्ष साउन ९ गते मुख्यमन्त्रीमा नियुक्त भएका लामाले एक वर्ष नौ दिन सरकारको नेतृत्व गरेपछि आइतबार पद त्याग गरेका हुन् । साँझ ६ […]

Continue Reading

बुटवल–नारायणगढ सडक विस्तारको म्याद फेरि एक वर्ष थप

बुटवल–नारायणगढ सडक विस्तारको म्याद चौथो पटक फेरि एक वर्ष थपिएको छ । पूर्वी खण्डको म्याद आगामी २०८३ साउन ७ र पश्चिम खण्डको म्याद २०८३ साउन ५ सम्म थपिएको छ । नारायणगढ–बुटवल सडकखण्डलाई दाउउन्नेदेखि पूर्व गैंडाकोटसम्मको क्षेत्रलाई पूर्वी खण्ड र दाउन्नेदेखि पश्चिम बुटवलसम्मको सडक क्षेत्रलाई पश्चिम खण्ड भनिन्छ । २०७५ चैतबाट काम थालेको चिनियाँ ठेकेदार कम्पनीले तोकेको […]

Continue Reading

विश्वकै सबैभन्दा लामो चट्याङको चमक : ८२९ किलोमिटरको रेकर्ड

संयुक्त राज्य अमेरिकामा ८२९ किलोमिटर (५१५ माइल) सम्म फैलिएको सबैभन्दा लामो दूरीको चट्याङ पर्दा निस्कने बिजुलीको चमक (सौदामिनी) को नयाँ विश्व रेकर्ड बिहीबार घोषणा गरिएको छ। विश्व मौसम विज्ञान संगठनका अनुसार सन् २०१७ को अक्टोबर २२ मा पूर्वी टेक्सासदेखि मिसोरीको कन्सास सिटी नजिकको क्षेत्रमा यो चट्याङबाट उत्पन्न बिजुलीको चमक देखिएको थियो। संगठनको संयुक्त राज्य अमेरिका, […]

Continue Reading

युवा उद्यमीलाई हौसला दिन पुगे पूर्वराजपरिवार (तस्बिरहरु)

हिमानी कोषले इन्टरनेशनल क्लबसँगको सहकार्यमा ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ अभियान शनिबार काठमाडौंमा सुरु गरेको छ। स्वदेश फर्क, स्वदेशै स्वर्ग’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा विदेशबाट फर्किएका र स्वदेशमै केही गर्न चाहने युवा उद्यमीहरूलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ। कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह, कोषकी अध्यक्ष हिमानी शाह लगायत पूर्व राजपरिवारका सदस्यहरूको उपस्थिति रह्यो।   साभारः […]

Continue Reading

दक्षिण कोरियाका पूर्वराष्ट्रपतिको अनौठो तरिका : ‘अन्डरवेयर’ मा सुतेर सोधपुछको विरोध

दक्षिण कोरियाका महाभियोग लगाइएका पूर्वराष्ट्रपति युन सुक योलले आफ्नो कारागारको कोठामा ‘अन्डरवेयर’ मा भुइँमा पल्टिएर सोधपुछको प्रयासको प्रतिरोध गरेको अभियोजकहरूले शुक्रबार बताएका छन्। अभियोजकहरूले बिहीबार पूर्वराष्ट्रपतिलाई चुनावी छेडछाडको आरोपमा सोधपुछका लागि जबरजस्ती ल्याउन नयाँ गिरफ्तारी वारेन्ट प्राप्त गरेका थिए। तर उनीहरू ‘उनको कडा अस्वीकारका कारण त्यसो गर्न असमर्थ’ रहेको अभियोजक ओह जियोङ–हीले पत्रकारहरूलाई बताए। ‘संदिग्धले […]

Continue Reading

झापाको शिवसताक्षीमा देशकै ठुलो धनराशीको महिला गोल्डकप हुने

झापाकाे शिवसताक्षी नगरपालिका-११, दुधे रङ्गशालामा आगामी कार्तिक १५ गतेदेखि २२ गतेसम्म देशकै ठुलो धनराशीको महिला गोल्डकप हुने भएको छ ।आयोजक झापा महिला गोल्डकपले पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी बारे जानकारी गराएकाे हाे । शिवसताक्षी नगरपालिकाद्वारा यस क्षेत्रमा निर्माणाधिन दुधे रङ्गशालामा हुने उक्त प्रतियोगितामा आयोजक टिमसहित नेपालका विभागीय टिम त्रिभुवन आर्मी, एपिएफ र नेपाल प्रहरी, छिमेकी मुलुक  […]

Continue Reading

काठमाडौँमा मेलम्ची भण्डारणका लागी नयाँ पानीपोखरीहरु निर्माण

काठमाडौँका उपभोक्तालाई सहज रूपमा खानेपानी उपलब्ध गराउन काठमाडौँ उपत्यकाका विभिन्न दस स्थानमा पानीपोखरी निर्माण गरिएको छ । उपत्यकाको महाँकाल, कीर्तिपुर (दुई वटा), बालाजु, हेपाली हाइट, आरुबारी, जगडोल, ललितपुरको खुमलटार, भक्तपुरको कटुन्जे र टिगिनीमा पानीपोखरी निर्माण गरिएको मेलम्ची खानेपानी आयोजना अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) ले जनाएको छ । निर्देशनालयका अनुसार  मेलम्ची खानेपानी आयोजनाको उपआयोजना अन्तर्गत सञ्चालित काठमाडौँ उपत्यका […]

Continue Reading