दसैँको मुखमा भाडा बढाउने तयारी, घटस्थापनाको १५ दिनअघि टिकट बुकिङ खुलाइने

काठमाडौँ । घटस्थापनाको १५ दिनअघि टिकट बुकिङ खुलाइने भएको छ भने भदौमा भाडादर बढाउने तयारी भएको छ ।  आइतबार प्रतिनिधिसभाअन्तर्गत भौतिक पूर्वाधार विकास समितिमा भएको छलफलमा बोल्दै यातायात व्यवस्था विभागका निर्देशक नरहरी तिवारीले उक्त जानकारी दिए । उनले चाडपर्वमा हुने लाखौँको आवतजावतलाई सहज बनाउन सरोकारवालासँग छलफल गरेर छिट्टै बुकिङको मिति तय गरिने जानकारी दिए ।चाडपर्वमा काठमाडौँबाट […]

Continue Reading

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

नारायणगढ–मुग्लिन सडकको तुईन खोलामा पहिरोका कारण सडक अवरुद्ध भएको छ । आइतबार बिहान करिब ४ः२० बजे इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित मुग्लिङ नारायणगढ सडक खण्डमा माथिबाट सुख्खा पहिरो खस्दा दुईतर्फी बाटो अवरोध भएको हो । जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार ठुलो ढुङ्गाहरू खसेका कारण सडक अवरुद्ध भएको हो । पानी नपरेका कारण […]

Continue Reading

युएई सरकारद्वारा १२० नेपालीलाई आममाफी

संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० नेपालीलाई सजाय माफ गरेको छ। नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीलाई बाँकी कैद सजाय माफ गरिदिएको छ। दूतावासका अनुसार इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा युएई सरकारले उक्त निर्णय गरेको हो।

Continue Reading

काठमाडौँमा घातक डेंगु

बर्सेनि नेपालमा गर्मी अनि मनसुन सुरु भए लगत्तै विभिन्न प्रकारका सङ्क्रामक रोगहरू देखिने गर्दछ। यसपटक पनि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा झाडापखाला, सर्पदंश अनि ज्वरोका बिरामीहरू भर्ना हुने र उपचार पछि स्वास्थलाभ गरी फर्कने क्रम चलिरहेको थियो। तर अचानक साउन २८ गते एक २४ वर्षीया युवतीको मृत्यु डेंगु सङ्क्रमणको कारणले हुन पुग्यो। रगत परीक्षणको […]

Continue Reading

भारतीय विदेश सचिव मिस्री आज नेपाल आउने

काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिस्री भोलि नेपाल भ्रमणमा आउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन उनी नेपाल आउन लागेको बताइएको छ । प्रधानमन्त्री ओलीले भदौ ३१ देखि दुई दिनसम्म भारतको भ्रमण गर्ने यसअघि नै अनौपचारिक रूपमा समाचार सार्वजनिक भइसकेको छ ।  प्रधानमन्त्री ओलीलाई औपचारिक निम्ता दिनका लागि […]

Continue Reading

वैशाखदेखि हालसम्म विपद्का दुई हजार ८५३ घटना

गत वैशाखदेखि साउन ३१ गतेसम्म देशभर कुल दुई हजार ८५३ वटा विपद्का घटना घटेका छन्। ती घटनामा परेर एक सय २६ जनाको निधन भएको छ। यस्तै पाँच सय ८५ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्मा परेर २३ जना बेपत्ता हुँदा पाँच हजार ४१ परिवार प्रभावित भएका छन्। देशभर […]

Continue Reading

अर्बौं श्रृण लगानीका विमानस्थल सुनसान

  गौतम बुद्धमा पाँच महिनादेखि उडान ठप्प  धार्मिक पर्यटनलक्षित सञ्चालनमा ल्याइएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पाँच महिनादेखि अन्तर्राष्ट्रिय उडानविहीन बनेको छ । अन्तर्राष्ट्रिय उडान नहुँदा सुनसान जस्तै बनेको टर्मिनल, खाली धावनमार्ग र सुस्त व्यापारिक गतिविधिले यहाँको पर्यटन उद्योग मात्र होइन, लगानीकर्ताको मनोबल पनि खस्किएको छ । सन् २०२५ अप्रिलदेखि कुनै पनि अन्तर्राष्ट्रिय उडान नभएको विमानस्थलमा […]

Continue Reading

पाकिस्तानमा बाढी र पहिरोको प्रकोपः ३२० को मृत्यु, हजारौँ प्रभावित

पाकिस्तानमा लगातारको भारी मनसुन वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण पछिल्लो ४८ घण्टामा कम्तीमा ३२० जनाको ज्यान गएको छ। सबैभन्दा बढी क्षति खैबर पख्तुनख्वा प्रान्तमा भएको हो, जहाँ १८० जनाको मृत्यु भएको छ। पाकिस्तानअधीन कश्मीरमा नौ जना र गिलगित–बाल्टिस्तान क्षेत्रमा पाँच जनाको ज्यान गएको छ। बाढी र पहिरोका कारण महिलासहित धेरै बालबालिकाको मृत्यु भएको छ। […]

Continue Reading

रविलाई अर्कै बाटोबाट नख्खु लगियो, विमानस्थलमा कार्यकर्ता हेरेको हेर्‍यै

रुपन्देही कारागारबाट काठमाडौं ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले वैकल्पिक मार्ग प्रयोग गरेर ललितपुरको नख्खु कारागार पुर्‍याएको छ। उनको स्वागत तथा समर्थनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य गेटमा जम्मा भएका सयौँ कार्यकर्ता र समर्थकहरूले उनलाई देख्न समेत पाएनन्। शनिबार साँझ बुद्ध एयरको उडानबाट काठमाडौं अवतरण गरेका लामिछानेलाई प्रहरीले विमानस्थलको मुख्य बाट बाहिर निकाल्ने […]

Continue Reading

अलास्कामा शुक्रबार भएको ट्रम्प-पुटिनको भेटवार्ता असफल

अलास्कामा शुक्रबार भएको ट्रम्प-पुटिनको भेटघाट यति बेला चौतर्फी चर्चाको विषय बनेको छ। रुस-युक्रेन युद्धविरामबारे सहमति गर्ने अपेक्षा गरिएको थियो । तर वार्तामा युद्धविरामबारे सहमति भएको खुलेको छैन। ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा राष्ट्रपतिमा निर्वाचित भएको २४ घण्टामै युद्धविराम गर्ने घोषणा गरेका थिए । उनी निर्वाचित भएपछि पुटिनसँग पहिलो भेट भएको हो। तर ट्रम्पको चुनावी घोषणाबमोजिम कुनै सहमति […]

Continue Reading