भारतले परमाणु धम्की सहन्न : मोदी

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सिन्धु सम्झौता अन्यायपूर्ण भएको भन्दै भारतीय कृषकको हकमा रगत र पानी सँगसँगै नबग्ने चेतावनी दिएका छन् । उनले भारत परमाणु धम्की नसहने पनि स्पष्ट पारे । भारतको ७९ औँ स्वतन्त्रता दिवसका अवसरमा शुक्रबार नयाँदिल्लीको लालकिल्लामा सम्बोधन गर्दै मोदीले पाकिस्तान प्रति लक्षित गरेर अब त्यस्ता धम्की नसहने बताएको भारतीय समाचार संस्थाहरूले जनाएका छन् ।

‘अपरेसन सिन्दूर’ मा भारतीय सेनाले कुशलता प्रदर्शन गरेको स्मरण गर्दै उनले भने, “भारतले अब यो तय गरिसकेको छ अब हामी न्युक्लियरको धम्की सहनेवाला छैनौँ । अब ब्ल्याकमेलिङ सहँदैनौँ ।”

“भारतका नदीको पानीले दुस्मनको खेत सिञ्चित भएका छन् । भारतले अब के तय गरेको छ भने रगत र पानी सँगसँगै बग्दैन,” उनले चेतावनी दिए  । पाकिस्तानका प्रधानमन्त्री र सेनापतिले हालै सिन्धुबाँध परमाणु हतियार प्रयोगगरी ध्वस्त पारिदिने चेतावनी दिएपछि  उनकाे याे पछिल्लाे अभिव्यत्ती  सार्वजनिक भएकाे हो ।

भारतका नदीमाथि भारतीय किसानकै हक भएको उल्लेख गर्दै मोदीले भने , “यसमाथि हिन्दुस्तानका किसानको हक छ । सिन्धु सम्झौता एकतर्फी र अन्यायपूर्ण थियो । राष्ट्रहितको दृष्टिकोणले हेर्दा यो सम्झौता मञ्जुर छैन ।” आफ्नो सम्बोधनमा उनले भारत आतङ्कवादको सामना गरिरहेको उल्लेख गर्दै भने , “हाम्रो देशले धेरै दशकदेखि आतङ्कवादको सामना गरिरहेको छ । देशको छाती छेडिएको छ । हामीले नयाँ मान्यता स्थापित गरेका छौँ । हामी आतङ्कवादी र तिनीहरूलाई समर्थन गर्नेहरूलाई फरक मान्ने छैनौँ ।”

्र“भारतले आणविक धम्की सहन नसक्ने निर्णय गरेको छ । आणविक ब्ल्याकमेल लामो समयदेखि चलिरहेको छ । अब हामी ब्ल्याकमेल सहन सक्दैनौँ । यदि शत्रुहरूले भविष्यमा पनि यो प्रयास जारी राखे भने सेनाले निर्णय गर्ने छ,” उनले स्पष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *