पेट्रोलको मूल्य बढ्यो, डिजेलको घट्यो

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।  इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट पेट्रोलियम पदार्थ नयाँ मूल्य आएपछि आयल निगमले मूल्य समायोजन गरेको हो ।

पेट्रोलको मूल्य लिटरमा दुई रुपैयाँ बढाएको र डिजेल र मट्टितेलको मूल्य लिटरमा एक रुपैयाँ घटाएको आयल निगमका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्टले जानकारी दिए ।

नयाँ मूल्य अनुसार काठमाडौंमा पेट्रोलको मूल्य लिटरको एक सय ६१ रुपैयाँ र डिजेल, मट्टितेलको मूल्य लिटर एक सय ४९ कायम गरिएको छ । बढेको मूल्य शनिवार बिहानबाट कार्यान्वयनमा आउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *