बिहानै मन्त्री दाहालद्वारा सुरुङ मार्ग निरीक्षण

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नागढुङ्गा सुरुङको पछिल्लो अवस्थाका बारेमा स्थलगत जानकारी लिएका छन्। मङ्गलवार बिहान सडक विभागका अधिकारीहरू सहित उनले सुरुङ मार्गको निरीक्षण गरेका हुन्। त्यस क्रममा उनले बाकी काम छिटो सकेर सञ्चालनको तयारी गर्न निर्देशन दिएका छन्। सडक विभागका महानिर्देशक विजय जैशीले सुरङ्ग मार्गको संरचना पूरा भएको र पहिरोको जोखिम रहेको स्थानमा […]

Continue Reading

दमक बिजनेस कम्प्लेक्स : अवलोकन खुला संरचना अधुरै

झापाको दमक नगरपालिका–३ मा निर्माण गरिएको दमक बिजनेस कम्प्लेक्स (भ्यु टावर) औपचारिक रूपमा सर्वसाधारणका लागि खुला गरिएको छ तर भवनको मूल संरचनाबाहेक अन्य संरचना र सेवा सुविधा थपिएको छैन । सघन सहरी तथा भवन निर्माण आयोजना झापाले कम्प्लेक्स पहिलो पटक सर्वसाधारणका लागि खुला गरेको हो । आयोजनाले कम्प्लेक्स अवलोकनको प्रतिव्यक्ति एक सय रुपियाँ शुल्क निर्धारण गरेको […]

Continue Reading

थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज मनाइँदै

घोडाघोडी,कैलालीमा  थारु समुदायले पहिलो पर्वका रुपमा मनाउने ‘गुरही’ आज उल्लासपूर्वक मनाउदैछन् । विभिन्न कार्यक्रमको आयोजना गरी कैलालीलगायत थारु समुदायमा यो पर्व मनाइँन्छ । थारु समुदायले मनाउने गुरही पर्व एक विशिष्ट सांस्कृतिक पहिचान बोकेको जनविश्वास छ । विशेषगरी पश्चिम नेपालका कैलाली, कञ्चनपुरलगायत जिल्लामा बसोबास गर्ने थारु समुदायले यो पर्वलाई विशेष महत्त्वका साथ मनाउँछन् । यो पर्व […]

Continue Reading

नागको पूजाआराधना गरी नागपञ्चमी मनाइँदै (फोटो फिचर)

 शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी मङ्गलबार परम्परा अनुसार नागको पूजा गरी मनाइँदैछ । यस वर्षको नाग पूजा साउन १३ गते अर्थात् आज मङ्गलबार परेको छ ।शास्त्रीय मान्यता अनुसार आज देखि हिउद शुरू हुनुका साथसाथै दिन छाेटाे र रात लामाे हुन्छ भन्ने बिस्वास गरिन्छ । नागपञ्चमी श्रावण शुक्लपक्षको पञ्चमीका दिन हिन्दु धर्मावलम्बीहरूले विशेष […]

Continue Reading

कम्बोडिया र थाइल्याण्ड बिना शर्त युद्धविराम गर्न सहमत

कम्बोडिया र थाइल्याण्ड बिना शर्त युद्धविराम गर्न सहमत भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शत्रुता जारी रहे व्यापार वार्ता पुनः सुरु नगर्ने चेतावनी दिएपछि दुई पक्ष युद्धविराम गर्न सहमत भएका हुन्। मलेसियाका नेता अनवर इब्राहिमले कम्बोडियाका प्रधानमन्त्री हुन मानेट र थाई कार्यवाहक नेता फुम्थम वेचायचाईले तत्काल युद्धविरामका लागि इच्छा व्यक्त गरेको बताए। नेता अनवरले थाइल्याण्ड […]

Continue Reading

सिन्धुली घटना : हायू परिवारकी माइली छोरी सम्पर्कमा

सिन्धुलीको गोलान्जोर गाउँपालिका-६ छेत्पाबाट सम्पर्कविहीन भएका हायू परिवारकी माइली छोरी सम्पर्कमा आएकी छन् । तीन महिनादेखि काठमाडौंमा बस्दै आएकी हायू परिवारकी माइली छोरी सुजता सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार हायू परिवारका माइली छोरी सुजता-ज्वाइँ आयुष श्रेष्ठ प्रहरीको सम्पर्कमा आएका हुन् । प्रहरीले सार्वजनिक गरेको […]

Continue Reading

माधव नेपालले पाएनन् वारेस राख्ने सुविधा

पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई विशेष अदालतले वारेस राख्ने सुविधा दिन अस्वीकार गरेकाे छ। जस अर्थ अब उनी हरेक तारिखमा आफैँ अदालतमा उपस्थित हुनुपर्नेछ। अध्यक्ष नेपालले राजनीतिक कार्यक्रमका लागि देशका विभिन्न स्थानमा पुग्नुपर्ने कारण देखाउँदै आफ्नो सट्टामा प्रतिनिधि (वारेस) मार्फत मुद्दाको प्रक्रियामा सहभागी हुन पाऊँ […]

Continue Reading

एकै परिवारका १६ जना सम्पर्कविहीन

सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, छेत्पा नजिक भण्डास विप्परकटेरीमा एकै घरका लोपोन्मुख हायु परिवारका १६ जना चार दिनदेखि सम्पर्कविहीन भएका छन् । बिहीबार दिउसो सुँगुर काटेर खाएर एकै परिवारका १६ जना सम्पर्कविहीन भएपछि प्रहरी र स्थानीयले उनीहरूको खोजी कार्य तीव्र बनाएका छन् । सम्पर्कविहीन हुनेहरूमा घरमुली ५२ वर्षीया उर्मिला हायु, उनका छ भाइ छोरा, पाँच बहिनी छोरी, […]

Continue Reading

वैकल्पिक उपाय अपनाएर भए पनि द्रूतमार्गलाई सम्पन्न गर्नुपर्छ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक उपाय अपनाएर भए पनि काठमाडौँ–तराई-मधेश द्रूतमार्गलाई सम्पन्न गर्नुपर्ने बताएका छन् । आज सामाजिक सञ्जालमार्फत उनले उक्त सडकले काठमाडौँलाई एक घण्टामै तराईसँग जोड्ने भएकाले वैकल्पिक उपाय अपनाएर भए पनि उक्त सडकलाई सम्पन्न गर्नुपर्ने बताएका हुन । “द्रूतमार्गको खोकना–डुकुछाप खण्डको निर्माणमा उत्पन्न भएका समस्याबारे हिजो राति गहन छलफल भयो । खोकना क्षेत्रको […]

Continue Reading

मनसुनजन्य विपद् घटना: २४ घण्टामा कहाँ के क्षति भयाे ?

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मनसुन सुरु भएयता दुई महिनामा एक सय ४४ वटा चट्याङ्गका घटना घटेका छन् । प्राधिकरणका अनुसार पछिल्लो ६० दिनमा चट्याङ्गबाट मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । यसैगरी, चट्याङ्गबाट ९६ जना घाइते भएका छन् । हिजो रातिदेखि सोमबार दिउँसोसम्म पछिल्लो २४ घण्टामा २५ वटा मनसुनजन्य विपद्का घटना घटेका […]

Continue Reading