सोमबार आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने चिकित्सक संघको घोषण

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

नेपाल चिकित्सक महासंघले सोमबार देशरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने घोषण गरेका छन्।संघले उपभोक्ता अदालतसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै  विभिन्न आन्दोलनका कार्यक्रम घोषण गर्दै यस्तो निर्णय गरेको हो।संघले मिति २०८२ असार १९ गते बिहीबार विभिन्न अस्पताल प्रमुख, मेडिकल र डेन्टल कलेज, चिकित्सक, स्वास्थ्यकर्मी संघ संगठनसँगको  शुक्रबार आकस्मिक बसेको बैठकले यस्ताे निर्णय गरेकाे हाे ।

नेपाल चिकित्सक संघ कार्यकारिणी समितिको आकस्मिक बैठकले हालको विषम परिस्थितिमा चिकित्सलाई हतोत्साहित पार्ने र असुरक्षित वातवरण सिर्जना गर्ने कार्य भएको निष्कर्ष निकाल्दै यस्तो निर्णय गरेको संघका महासचिव डा. सञ्जिब तिवारीले जानकारी दिए ।

संघले आइतबार सम्पूर्ण चिकित्सकले आफ्नो आफ्नो कार्यस्थलमा पहिलो एक घण्टा धर्ना दिने निर्णय गरेको छ।त्यससैगरी, सम्पूर्ण  शाखा कार्यालयलाई चिकित्सकको हस्ताक्षर र नेपाली मेडिकल काउन्सिलको प्रमाणपत्र संकलन गरि सोमबारभित्र केन्द्रीय कार्यालयमा बुझाउन संघले आग्रह गरेको छ।संघले  मङ्गलबार सम्पूर्ण चिकित्सकको प्रमाणपत्र काउन्सिलमा बुझाउने कार्यक्रम तय गरेको छ ।

संघले घोषण गरेको आन्दोलनको एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज, अफिन, एपोन, केमसन, नेपाल नर्सिङ एसोसिएसन, नेपाल फिजियोथेरापी एसोसिएसन, नेपाल भेटेरिनरी एसोसिएसन, एनाभीएमआईए, एनपीएचओले ऐक्यबद्धता जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *