पूर्वराजा ज्ञानेन्द्र जन्मदिन मनाउन सुटुक्क शिवपुरीको नयाँ सोल्टीमा

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

पूर्वराजा ज्ञानेन्द्र शाह ८० औ जन्मदिन मनाउन सुटुक्क शिवपुरी पुगेका छन्  । करिब दुईमहिना सञ्चालन गरेको शिवपुरीस्थित होटल सोल्टीमा परिवारसहित जन्मदिन मनाउन पुगेका हुन  । सो होटल सोल्टी ग्रुपको हो , त्यहाँ पूर्वराजा शाहको समेत स्वामित्व छ ।

उच्चस्रोतका अनुसार १९ गते बिहान परिवारसहित शिवपुरी पुगेका पुर्वराजा केहीदिन उतै बस्ने छन् । सो होटल शिवपुरी स्थित नेपाली  सेनाको तालिमकेन्द्र नजिक डाँडाँगाउँमा छ । पूर्वराजा ज्ञानेन्द्रको साथमा निजी सचिव राजिब शाही, डा. सागर तिमल्सिना, फणिराज पाठक, शसस्त्र प्रहरीको डिएसपीसहित निजी सुरक्षाकर्मी छन् ।

आफन्तसहित करिब २५ जनाको टोलीले होटल बुक गरेका छन् । आज उनको जन्मदिन परेको छ । आफन्तजनसंग जन्मदिन मनाएपछि केहीदिन उतै बस्ने कार्यक्रम रहेको छ–उच्च स्रोतले भन्यो । शिवपुरी होटलमा पूर्वरानी कोमल, छोरी प्रेरणा, छोरा पारस, बुहारी हिमानी, नाति हृदयन्द्र, नातिनीहरु पुर्णिका र किर्तिका , धिरेन्द्रका छोरीहरु ज्वाई, भान्जाभाञ्जी लगायत आफन्तमात्र सहभागि छन् । पूर्वराजा शिवपुरी जानु अघि पूर्वमुमा वडामहारानी रत्नसंग भेट गरेका थिए  ।

यता जन्मदिन मनाउन निर्मलनिवास पुगेका सर्बसाधारण पूर्वराजा ज्ञानेन्द्रलाई नभेटेपछि मुलगेटमै फूलको गुच्छा, माला चढाएर फर्किएका छन् । जन्मदिन मनाउन पुगको थियौं  पूर्वराजालाई नभेटेपछि दिक्क लागेर फर्कियौ–निर्मल निवास गेटमा भेटिएका  सर्वसाधारणकाे प्रतिकृया थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *