कञ्चनपुरका सबै छाउगोठ भत्काउन प्रशासनको निर्देशन

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

कञ्चनपुरमा सबै पालिकामा छाउगोठ भत्काउन जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएकाेछ । प्रशासनले  सार्वजनिक सूचना जारी गर्दै नौ वटै पालिकामा छाउपडीगोठ भत्काउन निर्देशन दिएकाे हो ।

जिल्लामा महिनावारी भएको बेला छाउपडी गोठमा बसेकी कृष्णपुर नगरपालिका१ निगालीकी २८ वर्षीया कमला आउजी दमाईको सर्पको टोकाइबाट  ज्यान गएपछि  प्रशासनले यस्ताे निर्देशन दिएकाे हाे । 

छाउगोठमा बसेकी महिलाले अकालमै ज्यान गुमाएपछि प्रशासनले सबै पालिकाहरूलाई छाउगोठ भत्काउने अभियान सञ्चालन गर्नका लागि पत्राचार गरेको  प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालद्वारा जारी सूचनामा जनाइएकाेछ । अभियान सञ्चालनका लागि भीमदत्त नगरपालिका, कृष्णपुर, वेदकोट, शुक्लाफाँटा, दोधारा चाँदनी, पुनर्वास, बेलौरी नगरपालिका र बेलडाँडी तथा लालझाडी गाउँपालिकालाई पत्राचार गरिएको छ । 

ढकालद्वारा जारी सूचनामा छाउपडी कुप्रथा अन्त्यका लागि सबै स्थानीय तहबाट आवश्यक निर्णय गराइ छाउगोठ भत्काउने अभियान तत्काल सञ्चालन गर्न जरुरी रहेको उल्लेख गरिएकाेछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *