मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना किशोरको मृत्यु भएको छ । दुर्घटनामा परी गढवा गाउँपालिका ८ घर भई घोराही उप महानगरपालिका १७ भैँसेमा डेरा गरी बस्ने १८ वर्षीय रोहित बिक र १६ वर्षीय निशान बिकको मृत्यु भएको हो ।

दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा गए साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ ।

प्रहरीका अनुसार रामपुरबाट घोराहीतर्फ आउँदैगरेको रा ७ प ३२७० नम्बरको मोटरसाइकल घोराही उप महानगरपालिका –४ सिस्नेखोलामा बेलुका ७ बजेतिर आफै अनियन्त्रित भएर दुर्घटना भएको थियो । तिब्र गतिका कारण दुर्घटना भएको अनुमान गरिएको छ । दुवै जनाको शबलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *