नेसनल गार्ड परिचालन गर्न राष्ट्रपति ट्रम्पलाई खुल्यो बाटो

राष्ट्रपति डोनाल्ड ट्रम्पले लस एन्जलसमा नेसनल गार्ड परिचालन गरेपछि त्यसका विरुद्ध परेको रिट अदालतले खारेज गरेको छ । अदालतले नेसनल गार्ड परिचालन र नियन्त्रणको अधिकार राष्ट्रपतिमा निहित रहने बताएको छ । क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले भने नेसनल गार्ड परिचालन गर्ने राष्ट्रपतिको कदम अनुचित रहेको बताउँदै आएका थिए । अमेरिकी प्रशासनले ल्याएको आप्रवासन नीतिविरुद्ध लस एन्जलसमा प्रदर्शन चर्केपछि ट्रम्पले […]

Continue Reading

तेहरानस्थित अस्ट्रेलियाको दूतावास बन्द

अस्ट्रेलियाले इरानको तहरानस्थित आफ्नो दूतावास तत्कालका लागि बन्द गरेको छ । इरानमा बिग्रँदो सुरक्षा अवस्थाका कारण तत्काल दूतावासको कामकाज बन्द गरिएको अस्ट्रेलियाले जनाएको छ । अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वाङ्गले भनेकी छन्, ‘तत्काल देखिएको अवस्थालाई हेरेर हाम्रो कन्सुलर सेवा दिने क्षमता निकै समीति छ । हवाई क्षेत्र अहिले पनि बन्द छ ।’ अस्ट्रेलियाले आफ्ना सबै अधिकारी र उनीहरुका परिवारका सदस्यलाई […]

Continue Reading

बीपी राजमार्गमा १५ दिन राति गाडी चलाउन रोक

बीपी राजमार्गमा १५ दिनका लागि साँझ ६:३० बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाइएको छ । शुक्रबार काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले बर्षामा बाढीपहिरोको जोखिम रहेको भन्दै शुक्रबारदेखि रातिको समयमा गाडी चलाउन रोक लगाउने निर्णय गरेको हो । काभ्रेको काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट खण्ड बढी जोखिमयुक्त भएकाले गाडी चलाउन रोक […]

Continue Reading

विनयी खोलाको डाइभर्सन अब नबन्ने, वैकल्पिक माग प्रयोग गर्न अनुरोध

पुस २६ मा दुम्किबासस्थित विनयी खोलाको फलामे पुल भाँचिएपछि बनाइएको अस्थायी डाइभर्सन बारम्बार बाढीले बगाइरह्यो। बिहीबार राती आएको बाढीले ३८ यात्रु बोकेको बस नै बगायो। यसरी यात्रा जोखिमपूर्ण हुन थालेपछि स्थानीय प्रशासनले अब यस्तो डाइभर्सन दोहोर्‍याएर नबनाउने निर्णय गरेको छ। बर्खामा डाइभर्सन बगाइरहने सम्भावना बढी भएकाले डाइभर्सन नबनाउने निर्णय गरिएको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रमुख […]

Continue Reading

‘लुटतन्त्र खारेजी’ को नारासहित सडकमा निस्किँदै रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा शनिबार केन्द्रीय समिति बैठक र बृहत् सार्वजनिक भेला आयोजना गर्ने भएको छ।सदनमा जारी गतिरोधकै बीच पार्टीले ‘लुटतन्त्रको खारेजी र सुसंस्कृत राजनीतिको संवर्द्धन’ को नारासहित सडकमा समेत उपस्थिति देखाउन लागेको हो। पार्टीका प्रवक्ता (कार्यवाहक) मनिष झाका अनुसार, शनिबार बिहान ७ बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा केन्द्रीय […]

Continue Reading

इरान–इजरायल युद्धले युरोपमा आप्रवासनलाई ‘नकारात्मक’ प्रभाव पार्न सक्ने

इरान र इजरायलबीचको हवाई युद्धका कारण आप्रवासनमा वृद्धि हुन सक्ने टर्कीएले जनाएको छ। टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले युद्धका कारण आप्रवासनमा वृद्धि हुन सक्ने युरोप र यस क्षेत्रलाई हानि पुर्‍याउन सक्ने चेतावनी दिए।  इरानले आणविक अस्त्र विकास गर्न लागेको भन्दै इजरायलले एक साताअघि ठूलो सङ्ख्यामा हवाई आक्रमण गरेपछि इरानले गरेको प्रतिकारका कारण युद्ध चर्किएको छ। जर्मनीका चान्सलर […]

Continue Reading

धोवीखोलामा बाढी (फोटो फिचर)

दिनभर भारी वर्षा भएपछि काठमाडौँको धोवीखोलामा बाढी आएको छ । बाढीले धोवीखोला करिडोर अधिकांश भागमा डुबानमा परेको छ ।

Continue Reading

ललितपुरको ग्वार्को चोकमा निर्मित ओभरपास आजबाट चालु

ललितपुरको ग्वार्को चोकमा निर्मित ओभरपासकाे आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन  । उद्घाटनसँगै सञ्चालनमा आएको ओभरपासका कारण  काठमाडौँ उपत्यकाको निकै व्यस्त सडक चक्रपथको जाम कम हुने विश्वास गरिएको छ । चक्रपथमा हुने गरेको सवारी आवागमनको अत्यधिक चाप व्यवस्थापन गर्न सरकारले ग्वार्कोमा ओभर पास निर्माण गरेको हो । चक्रपथको सातदोबाटो–कोटेश्वर सडक खण्ड र मंगलबजार-इमाडोल-लुभूमा कुद्ने […]

Continue Reading

मनसुन प्रणाली देशभर फैलियो

यस वर्षको मनसुन प्रणाली आजदेखि देशभर फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाले आज विशेष मौसम बुलेटिन निकालेर २३ दिनपछि मनसुन देशभर फैलिएको जनाएको हो । यस वर्षको मनसुन जेठ १५ गते देशको पूर्वी भागबाट प्रवेश गरी कोशी प्रदेशको अधिकांश भूभागमा विस्तार भएकामा जेठ २९ गते मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका […]

Continue Reading

डोटीमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते

 जिप दुर्घटनामा हुँदा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । जिल्लाको आदर्श गाउँपालिका-१ खिरधार धौलामाटी भन्ने ठाउँमा शुक्रबार दिउँसो जिप दुर्घटना भएको हो । आदर्श गाउँपालिकाबाट मेल्लेखतर्फ जाँदै गरेको सुपप्र ०१ ००१ ज १३९५ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । जिप घुम्तीमा अनियन्त्रित भएर सडकबाट अन्दाजी […]

Continue Reading