बीपी राजमार्गमा १५ दिन राति गाडी चलाउन रोक

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

बीपी राजमार्गमा १५ दिनका लागि साँझ ६:३० बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाइएको छ । शुक्रबार काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले बर्षामा बाढीपहिरोको जोखिम रहेको भन्दै शुक्रबारदेखि रातिको समयमा गाडी चलाउन रोक लगाउने निर्णय गरेको हो ।

काभ्रेको काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट खण्ड बढी जोखिमयुक्त भएकाले गाडी चलाउन रोक लगाइएको हो।एकैछिन पानी पर्‍यो भने पनि बाढीपहिरोका कारण बीपी राजमार्ग अवरुद्ध हुँदै आएको छ । छलफलमा अन्तरजिल्लाको सहकार्य र समन्वयबीचबाटै यात्रुलाई सहज यात्रा गराउन सकिने सुरक्षा निकायका प्रमुखहरूले बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *