ललितपुरको ग्वार्को चोकमा निर्मित ओभरपास आजबाट चालु

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

ललितपुरको ग्वार्को चोकमा निर्मित ओभरपासकाे आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन  । उद्घाटनसँगै सञ्चालनमा आएको ओभरपासका कारण  काठमाडौँ उपत्यकाको निकै व्यस्त सडक चक्रपथको जाम कम हुने विश्वास गरिएको छ । चक्रपथमा हुने गरेको सवारी आवागमनको अत्यधिक चाप व्यवस्थापन गर्न सरकारले ग्वार्कोमा ओभर पास निर्माण गरेको हो । चक्रपथको सातदोबाटो–कोटेश्वर सडक खण्ड र मंगलबजार-इमाडोल-लुभूमा कुद्ने सवारीलाई सुरक्षित, सहज तथा व्यवस्थित भएको छ ।

अब चक्रपथको गाडी नरोकी सिधै ओभर पासमाथिबाट गुड्नेछ । मंगलबजारदेखि इमाडोल वा इमाडोलतर्फबाट मंगलबजारतर्फ जाने सवारी भने पुलमुनिबाट जानेछन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले काठमाडौँ उपत्यकामा निर्माण सम्पन्न बहुप्रतिक्षित ग्वार्को ओभरपास परियोजना निर्माणको प्रक्रिया अगाडि बढाएको थियो ।

दुई वर्षभित्र सक्ने गरी २०७८ साल फागुन १२ गते आशिष्–समानान्तर रेलिगेर जेभी निर्माण व्यवसायी कम्पनीसँग ओभर पास ठेक्का सम्झौता भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *