पुलको फलाम चोरी प्रकरण : वडाध्यक्ष गौतम र कबाड व्यवसायीलाई थुनामा पठाउने आदेश

काभ्रेको रोशी खोलाको क्षतिग्रस्त पुलका पाटपुर्जा बिक्री गर्न खोजिएको घटनामा पक्राउ परेका रोशी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष अशोककुमार गौतमलाई पुर्पक्षका लागि थुनामा गएका छन् । जिल्ला अदालत, काभ्रेपलाञ्चोकका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले बिहीबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको जिल्ला अदालतका स्रेस्तेदार कर्णबहादुर राईले जानकारी दिए । वडाध्यक्ष गौतमसहित टिपरचालक मानबहादुर तामाङ र […]

Continue Reading

भिजिट भिसा प्रकरणमा १४ जना गृहमन्त्रीमाथि छानबिन गरौँ : ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रतिनिधिसभाको बैठकमा भिजिट भिसा प्रकरणमा पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलादेखि बहालवाला गृहमन्त्री रमेश लेखकसम्मका १४ जना गृहमन्त्रीलाई छानबिनको दायरामा ल्याउन माग गरेका छन् । भिजिट भिसा प्रकरण कुनै दल विशेषको नभई सबैको साझा मुद्दा भएकाले यस विषयमा सबै दल एक ठाउँमा आउन आह्वान गरे । “भिजिट भिसा प्रकरणमा छानबिन […]

Continue Reading

कालोसूचीमा परेको ठेकेदार कम्पनीलाई १८ करोडको ठेक्का

कालोसूचीमा परेको निर्माण कम्पनीले १८ करोड रुपैयाँको ठेक्काको आशयपत्र पाएको छ । मधेस प्रदेश सरकारको ऊर्जा सिँचाई तथा खानेपानी मन्त्रालय अन्तर्गत जलस्रोत तथा सिँचाई विभाग डिभिजन कार्यालय सप्तरीले कालोसूचीमा परेको कम्पनीलाई ठेक्का स्वीकृतिको आशयपत्र प्रदान गरेको हो । कार्यालयले असार ३ गते उक्त आशयपत्र स्वीकृत गरेको थियो । आशयपत्र अनुसार सप्तरीको डाक्नेश्वरी–९ मा रहेको कजरा […]

Continue Reading

प्रतिनिधिसभाः आजकाे बैठकमा प्रधानमन्त्रीले सांसदले उठाएको प्रश्नको जवाफ दिने

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यले सोधेका प्रश्नको जवाफ दिने भएका छन् । प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको प्रबन्ध गरिएको छ । यस्तै, विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकमाथि प्रारम्भ हुने छलफलअन्तर्गत छवटा मन्त्रालयको समूहीकृत रूपमा […]

Continue Reading

फोक्सुण्डो ताल : यात्रा अब झनै रमाइलो

डोल्पा जिल्लाको शे–फोक्सुण्डो गाउँपालिका–८ मा रहेको फोक्सुण्डो ताल नेपालको अत्यन्तै प्रसिद्ध र सुन्दर ताल हो। यो ताल शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज भित्र पर्दछ र पर्यटकीय दृष्टिले निकै महत्वपूर्ण छ। यस क्षेत्रसम्म पहुँच कठिन थियो किन भने सडक सञ्जाल पर्याप्त थिएन । तर अहिले भेरी करिडोर सडक योजनाअन्तर्गत डोल्पामा सडक विस्तार भइसकेको छ। उक्त सडक योजनाले डोल्पा […]

Continue Reading

आजको मौसम : पाँच प्रदेशमा मनसुनी वायुको प्रभाव

हाल कोशी, मधेश, बागमती, गण्डकीका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यूनचापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार दिउँसो देशभर […]

Continue Reading

नेपालमा एमसिसी निरन्तर रहने

अमेरिकी सरकारको वैदेशिक सहायतामा आधारित नेपालमा कार्यान्वयनमा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अन्तर्गतको एमसिसी नेपाल कम्प्याक्टको परियोजना निरन्तर रहने भएको छ । ९० दिनको रोक लगाएको मिलेनियम च्यालेन्ज नेपाल कम्प्याक्टलाई अमेरिकी सरकारले निरन्तरताका लागि फुकुवा गरेको हो । अमेरिकी सरकारले वैदेशिक सहायता सम्बन्धमा एमसिए नेपालको समीक्षा चलिरहेकै बखत नेपालमा परियोजना कार्यान्वयन जारी राख्न स्वीकृति प्रदान […]

Continue Reading

दैलेखमा नेपाललाई ५० वर्ष पुग्ने ‘मिथेन’ ग्यास भएको पुष्टि

सुर्खेत । पेट्रोलियम अन्वेषणबाट प्राप्त नमुना परीक्षणका क्रममा दैलेखमा ‘मिथेन’ ग्यास भएको पुष्टि भएको छ । चिनियाँ प्राविधिक टोलीले दैलेखको जलजले क्षेत्रमा मिथेन नामक ग्यास रहेको प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई बुझाएको हो । खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक एवं प्रवक्ता दिनेशकुमार नापितले प्रारम्भिक प्रतिवेदनमा १ सय १२ अर्ब घनमिटर ग्यास रहेको र सो ग्यास नेपाललाई […]

Continue Reading

आजबाट ग्वार्को फ्लाइओभर सन्चालन हुदैः जाम कम हुने आशा

ललितपुरको ग्वार्काेमा निर्माण सम्पन्न भएको ओभरपास (फ्लाइओभर) आजबाट सञ्चालनमा आउने भएको छ । काठमाडौं उपत्यकामा अधिक जाम हुने स्थानका रूपमा रहेकोे ग्वार्को चोकमा राहत खोजिरहेका लाखौं यात्रुका लागि यसले राहत दिनेछ । ३९ महिनाको निर्माण कार्यपछि ५ सय ४० मिटर लामो ग्वार्को फ्लाइओभर अन्ततः शुक्रबार (आज)देखि सञ्चालनमा आउन लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले […]

Continue Reading

नेपालद्वारा नेदरल्याण्ड्स पराजित

स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि–२० आई शृङ्खलामा नेदरल्याण्ड्सलाई पराजित गर्दै नेपाल विजयी भएको छ । स्कटल्याण्डको ग्लासगोमा अहिले भर्खरै सम्पन्न खेलमा नेपालले नेदरल्याण्ड्सलाई छ विकेटले पराजित गर्दै विजयी भएको हो । यस जितसँगै तीन खेलमा चार अङ्क जोडेको नेपाल नेट रनरेटमा नेदरल्यान्ड्सलाई पछाडि पार्दै तालिकाको शीर्षस्थानमा उक्लिएको छ । खेलमा एक सय ७५ रनको लक्ष्य पछ्याएको […]

Continue Reading