रौतहटमा बस दुर्घटना : १० जना घाइते

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

रौतहटको चन्द्रपुर नगरपालिकामा सोमबार बिहान भएको बस दुर्घटनामा १० जना यात्रु घाइते भएका छन् । काठमाडौँबाट महोत्तरीको भिट्ठामोडतर्फ जाँदै गरेका बस चन्द्रपुर नगरपालिका–२ स्थित पूर्व पश्चिम  महेन्द्र  राजमार्गमा सोमबार बिहान दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

बा.प्र.०१–००६ ख. ५२१६ नम्वरका यात्रुबाहक बस आफैँ अनियन्त्रित भई सडकभन्दा दक्षिण साईडमा ७ फिट तलखसी  दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ  । घाइते हुनेमा तीन जना नेपालका तथा सात जना भारत बिहारको रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र ट्राफिक प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले  दुर्घटनामा घाइते भएकाहरुको उद्धार गरेको थियो  । घाइतेहरुको चन्द्रपुरस्थिति चपुर प्रालिमा उपचार भइरहेको  तथा उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि बसका चालक फरार रहेको हुँदा खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *