राज्यले जनता भड्काएकाले तीनकुनेमा आतंक, दुर्गा प्रसाईं निमुखा जनताको सेवामा : राणा

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवलशमशेर राणाले गएको चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाको जिम्मेवारी राज्यले लिनुपर्ने बताएका छन् ।  प्रतिनिधिसभा बैठकमा उनले तीनकुने घटना आफूहरूले गर्दा नभई राज्यको कारण भएको जिकिर गरे ।

उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पनि बचाउ गरे । प्रसाईं निमुखा जनताको सेवा गर्न लागिपरेका व्यक्ति भएको उनले टिप्पणी गरे । “चैत १५ गतेको तीनकुने घटना हाम्रो कारणले नभई राज्यको कारणले भएको हो,” उनले भने, “दुर्गा प्रसाईंजी पनि निमुखा जनताको सेवा गर्न लाग्नुभएको छ, उहाँले पनि होइन ।”

सांसद राणाले राज्यले जनता भड्काएका कारण तीनकुने आतंक भएको जिकिर गरे । “राज्यले जनता भड्काएको कारणले त्यो आतंक भएको हो । सभामुख महोदय, त्यसको लागि पनि हामीले छानबिनको माग गरेका छौँ,” उनले भने, “सरकार छानबिन गर्न किन डराइरहेको छ ?”

उनले घटनाको निष्पक्ष छानबिनका निम्ति समिति बनाउन समेत माग गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *