गौफलाई फ्रेन्च ओपन टेनिसको उपाधि

अन्तराष्ट्रिय मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

ग्राण्डस्लाम टेनिस फ्रेन्च ओपनमा महिला एकल तर्फको उपाधि अमेरिकाकी कोको गोफले जितेकी छन्। फाइनलमा शीर्ष वरीयताकी एरिना सबलेन्कालाई २-१ को सेटमा पराजित गर्दै २१ वर्षे गौफले पहिलोपटक क्ले कोर्टमा उपाधि उचालेकी हुन्।

यो उनको दोस्रो ग्राण्डस्लाम उपाधि हो। उनले सन् २०२३ मा युएस ओपनको उपाधि जितेकी थिइन्।पहिलो सेट ७-६ ले बेलारूसी सबलेन्कालाई सुम्पिएकी दोस्रो वरीयताकी गौफले दोस्रो सेट ६-२ र तेस्रो सेट ६-४ ले जितिन्।

पुरूष एकल तर्फको उपाधिका लागि आज  शीर्ष वरीयताका इटलियन जानिक सिनर र दोस्रो वरीयताका स्पेनी कार्लोस अल्कारेजबीच खेल हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *