अन्तरजातीय विवाह गर्ने जोडीहरू सम्मानित

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

जातीय भेदभावलाई निरुत्साहित गर्ने उद्देश्यले गाेरखाकाे पालुङटार नगरपालिकाले अन्तरजातीय बिबाह गरेका तीन जोडीलाई सम्मान गरेको छ।  नगरपालिकामा सम्मान कार्यक्रमको आयोजना गरी अन्तरजातीय विवाह बन्धनमा बाँधिएका दम्पतीलाई सम्मान गरेको नगरपालिकाले जनाएको छ।

२१ औं जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसर पारेर वडा नम्बर १ का जेम्स कोइराला र गंगा लामा, वडा नम्बर ५ का सुजन थापा क्षेत्री र रञ्जिता कुमाल अनि सोही वडाका बरदान श्रेष्ठ र सचिन गुरुङ दम्पतीलाई सम्मान गरिएको नगरप्रमुख विवश चिन्तनले जानकारी  दिए।

जातीय भेदभावको कुरीतिलाई अन्त्य गरी समय सापेक्ष समानताको अभियानमा लाग्ने हिम्मत गरेका दम्पतीलाई सम्मान गरेको चिन्तनको भनाइ छ। ‘बदलिँदो युगअनुसार सामाजिक रूपान्तरणको अभियानमा प्रशंसनीय योगदान दिएकाले उनीहरूलाई सम्मान गरेका हौँ,’ उनले भने, ‘जातीय भेदभाव तथा छुवाछुत उन्मुलनमा उल्लेखनीय योगदान दिएका उनीहरूलाई खादा ओढाएर कदर पत्रद्वारा सम्मान गरेका हौँ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *