आईपीएलमा रोहित शर्माको कीर्तिमान : बने ७ हजार रन, छक्काको तेहरो शतक पूरा

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को एलिमिनेटर खेलमा गुजरात टाइटन्स (जीटी)ले  मुम्बई इन्डियन्स (एमआई) सँग सामना गर्यो। मुल्लानपुरको महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा मुम्बई इन्डियन्सका ओपनर रोहित शर्माले ब्याटिङबाट उत्कृष्ट प्रदर्शन गरे।

‘हिटम्यान’ भनेर चिनिने रोहितले ५० बलमा ८१ रन बनाए। जसमा ९ चौका र चार छक्का प्रहार गरे। रोहित प्रसिद कृष्णको बलिङमा राशिद खानले क्याच आउट भएका थिए।

यस खेलमा रोहितले २८ बलमा आफ्नो अर्धशतक पूरा गरे। यो उनको आईपीएल करियरको ४७ औं अर्धशतक थियो। यस इनिङ्सको क्रममा रोहितले आईपीएलमा आफ्नो ७००० रन पनि पूरा गरे। यति मात्र होइन रोहितले आईपीएलमा ३०० छक्का पनि पूरा गरे।  रोहित आईपीएलमा ३०० छक्का प्रहार गर्ने क्यारेबियन लेजेन्ड क्रिस गेलपछि दोस्रो खेलाडी बनेका छन्। क्रिस गेलले आइपीएलमा ३५७ छक्का प्रहार गरेका छन्।

विराट कोहली आईपीएलमा सबैभन्दा धेरै रन बनाउने ब्याट्सम्यान हुन्। कोहलीले अहिलेसम्म २६६ खेलमा ३९.५३ को औसतमा ८६१८ रन बनाएका छन्। यस अवधिमा कोहलीले ८ शतक र ६३ अर्धशतक बनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *