युएईमा अत्यधिक तापक्रम ५१.६ डिग्री सेल्सियस मापन

संयुक्त अरब इमिरेट्स (युएई) को तापक्रम लगातार दोस्रो दिन शनिबार ५१.६ डिग्री सेल्सियस पुगेको राष्ट्रिय मौसम विज्ञान केन्द्रले जनाएको छ । “ युएईको स्थानीय समयअनुसार १३ः४५ बजे स्वेइहान (अल ऐन) मा ५१.६ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ,” केन्द्रले शनिबार जारी विज्ञप्तिमा उल्लेख छ। अबुधाबी क्षेत्रमा शुक्रबार रेकर्ड गरिएको तापक्रमभन्दा यो १.२ डिग्री सेल्सियस तापक्रम […]

Continue Reading

प्रस्तावित कोशी उच्च बाँध, डिपिआरका लागि ‘ड्रिलिङ’ सुरु

सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजना तथा सुनकोशी स्टोरेज कम डाइभर्सन आयोजनाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) का लागि ड्रिलिङ कार्य अघि बढाएको छ । आयोजनाका निमित्त प्रमुख सहदेव थापाका अनुसार कोशी उच्च बाँध निर्माण कार्य अघि बढाउनका लागि विस्तृत अध्ययनको कार्य आरम्भ गरिएको हो । सप्तकोशी नदीबाट तीन हजार मेगावाट बिजुली निकाल्ने, आसपासमा सिँचाइका लागि ठुला […]

Continue Reading

नख्खुको बाढीमा बाबुछोरी बचाउने चणिकलाललाई गणतन्त्र दिवसमा डेढ लाख पुरस्कार

गत वर्षको असोजमा भएको भारी वर्षाले काठमाडौं उपत्यका नराम्ररी प्रभावित बनेको थियो। सोही क्रममा असोज १२ गते ललितपुरको नख्खु खोलामा आएको बाढीले धेरैको ध्यान खिचेको थियो। नख्खु खोला छेउको बस्तीमा पस्दा एक टिनको टहरामा बस्ने परिवार घण्टौँसम्म टहरोको छतमा बसेर उद्धारको याचना गरिरहेका थिए। तर समयमै उद्धार हुन नसक्दा टहरो भत्किएर त्यहाँ रहेका चारै जना बगेका […]

Continue Reading

बंगलादेश : सेनाको अल्टिमेटमसँगै त्रिपक्षीय दबाबमा अन्तरिम सरकार

बंगलादेशमा फेरि राजनीतिक उथलपुथलको संकेत देखिएको छ । अन्तरिम सरकार प्रमुख डा. मुहम्मद युनुसमाथि चुनावी मार्गचित्र घोषणा गर्न र चाँडै चुनाव गराउन ठूलो दबाब छ । चाँडै चुनाव गराउनुपर्ने दबाबमा रहेका उनले राजीनामा दिने संकेत गरेको समाचाहरू पनि बाहिरिएपछि बंगलादेशको राजनीति पुन: गर्माएको हो । सेना प्रमुख वकार-उज-जमानले डिसेम्बरसम्म चुनाव गराउन स्पष्ट अल्टिमेटम दिएका छन्, […]

Continue Reading

यार्सा संकलन गर्ने समूहको झडप रोक्न डोल्पामा दुई राउण्ड हवाई फायर

डोल्पामा यार्सा संकलन गर्न गएका दुई समूहबिच झडप हुँदा प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ। शनिबार  दिउँसो डोल्पा जिल्ला  ठुली भेरी नगरपालिका–१ ठाला लेकमा यार्सागुम्बा संकलन गर्न गएका दुई समूहबिच झडप भएको सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन्। पूर्वी रुकुम जिल्ला मैकोट गाउँपालिका र डोल्पाको काइके गाउँपालिका तथा ठुली भेरी […]

Continue Reading

अन्तिम चरणमा ग्वार्काे फ्लाइओभर

ललितपुरस्थित ग्वार्काे चोकको फ्लाइओभर निर्माणको काम अन्तिम चरणमा पुगेको छ । जेठभित्रै दुवैतर्फको र्‍याम्प (फ्लाइओभर र सडकलाई जोड्न बिचमा माटो भरेर निर्माण गरिएको संरचना)मा कालोपत्रे सकिए पछि गाडी सञ्चालन गर्ने योजना गरिएको छ । फ्लाइओभरमा आकासेपानी व्यवस्थापनको संरचना, ट्राफिक लाइट जडान, पेन्टिङलगायतका काम भने असारभित्र सकिने छ । सडक विभागले इपिसी (इन्जिनियरिङ प्रोक्युअमेन्ट एन्ड कन्स्ट्रक्सन) […]

Continue Reading

काठमाडौँमा ‘फायर हाइड्रेन्ट’ सञ्चालनमा

आगलागी नियन्त्रण, दैवी प्रकोप तथा विपत् व्यवस्थापनका लागि सहज र उपयोगी हुने ‘फायर हाइड्रेन्ट’ सञ्चालनमा आएको छ । मेलम्चीको पानी वितरणसँगै आगलागी नियन्त्रण, दैवी प्रकोप तथा विपत् व्यवस्थापनका लागि सहज र उपयोगी हुने भन्दै काठमाडौँ उपत्यकाका सडक किनारामा ‘फायर हाइड्रेन्ट’ ठड्याइएको थियो । ठड्याइएको पाँच वर्षपछि ‘फायर हाइड्रेन्ट’ सञ्चालनमा आएको हो । ‘फायर हाइड्रेन्ट’ सञ्चालनमा […]

Continue Reading

नेपाल विश्व स्वास्थ्य सङ्गठनको कार्यकारी सदस्यमा सर्वसम्मत

नेपाल विश्व स्वास्थ्य सङ्गठनको कार्यकारी सदस्यमा सर्वसम्मत निर्वाचित भएको छ । जेनेभामा जारी सङ्गठनको ७८ औं महासभाका क्रममा नेपाल दक्षिणपूर्वी एसिया क्षेत्रबाट सदस्यमा सर्वसम्मत भएको हो । अब नेपाल तीन वर्ष सङ्गठनको कार्यकारी समितिमा रहनेछ । निर्वाचित भएलगत्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले यो नेपालका लागि स्वास्थ्य सेवा सुधारमा आफ्ना असल स्वास्थ्य अभ्यासको प्रसार […]

Continue Reading

नागढुङ्गा सुरूङमार्ग आगामी पुसभित्र सञ्चालनमा ल्याइने

आगामी पुसपछि नागढुङ्गा सुरूङमार्ग सञ्चालनमा आउने भएको छ । अहिलकै गतिमा काम गर्ने वातावरण भएमा आगामी छ महिनाभित्र सुरूङमार्ग सञ्चालनमा आउने गरी तयारी गरिएको हो । कूल ९० प्रतिशत भौतिक प्रगति गरी हाल १० प्रतिशतको काम बाँकी रहेको नागढुङ्गा सुरूङमार्गमा उपकरणहरूको संयोजन चलिरहेको आयोजनाको परामर्शदाता संस्था निप्पन कोइका इञ्जिनियर रमेशप्रसाद कोइरालाले बताए  । “अहिले उपकरणहरूको […]

Continue Reading

बैतडीको खलङ्गामा ५.१ रेक्टर स्केलको भूकम्प

बैतडीको खलङ्गा क्षेत्रमा ५.१ रेक्टर स्केलको भूकम्प गएको छ।  शुक्रवार राती १ बजेर ४८ मिनेटमा उक्त क्षेत्रमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार उक्त भूकम्पको केन्द्रबिन्दु बैतडीको खलङ्गा आसपास क्षेत्र रहेको छ। भूकम्पको धक्का बैतडीसहित सुदूरपश्चिमका अन्य जिल्लाहरूमा पनि महसुस गरिएको जनाइएको छ।

Continue Reading