अनलाइन विज्ञापनमा गिफ्टदेखि अपुतालीसम्मका प्रलोभन

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

नेपाल प्रहरीको साइबर ब्यूरोले जागिरको प्रलोभन देखाएर ठग्नेहरु बढेको भन्दै सचेत गराएको छ । ‘अनलाइन जब’ भन्दै विभिन्न विज्ञापनको लिंक पठाएर ठगी गर्ने क्रम बढेकोप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै ब्यूरोले त्यस्ता विज्ञापनबाट जोगिन आग्रह गरेको छ ।

त्यसैगरी, ई–सेवा, खल्तीजस्ता विभिन्न वालेट, बैंक तथा वित्तिय संस्थाबाट बोलेको भनि ओटिपी मागेर पैसा ट्रान्सफर गर्ने, उपहार, अनलाइन सपिङ, अनलाइन कोठा भाडा खोजिदिनेलगायतका बहाना बनाएर ठगी गर्ने गरेको गुनासोहरु आएको ब्यूरोले जनाएको छ । ब्यूरोले जारी गरेको सूचनामा त्यस्ता विज्ञापन र प्रलोभनको पछि नलाग्न सबैलाई आग्रह गरिएको छ ।

‘ई–सेवा, खल्तीजस्ता विभिन्न वालेट तथा बैंक, वित्तिय संस्थाबाट बोलेको भनि ओटिपी मागी पैसा ट्रान्सफर गर्ने, गिफ्ट प्याकेज, अपुताली, अनलाइन मार्केटप्लेस, अनलाइन सपिङ, अनलाइन पिटिई डेट बुकिङ्ग, अनलाइनमा कोठा खोजिदिनेलगायतका अन्य विभिन्न अनलाइन सेवाहरु प्रदान गरिदिने बहानामा ठगी गर्ने तथा ठगीका क्रममा व्यक्तिगत बैंक खाता भाडामा दिनेजस्ता प्रवृत्तिसमेत बढिरहेकोले आम जनमानसमा यस्ता विज्ञापनहरुमा विश्वास नगर्न, आ–आफ्ना व्यक्तिगत बैक खाताको सही सदुपयोग गर्नका साथै प्रविधिको सुरक्षित प्रयोग गर्न सम्पूर्ण सचेत नागरिकहरुमा साइबर ब्यूरो हार्दिक अनुरोध गर्दछ’,सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *