लामो समयदेखि बन्द हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने हेतुले कारखानाको भौतिक पूर्वाधार तथा उपकरणको अवस्था एवं परीक्षण अघि बढाइएको छ ।
सरकारले उद्योगको पुनः सञ्चालनको तयारी गरेसँगै सम्बद्ध निकायबाट त्यहाँको उपकरणको परीक्षणलगायत काम अघि बढाइएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेडौँडा कार्यालयले जनाएकाे छ ।
उद्योग ०३२ सालमा स्थापना भएको , ०३५ देखि ०५६ सालसम्म कपडा उत्पादन गरिएको तथा २०५७ मा बन्द भएको थियो ।
यस वर्ष सरकारले उद्योग पुनः सञ्चालनमा ल्याउने तयारी गरेसँगै सरकारी तबरबाट सम्बन्धित निकायले स्थलगत अनुगमन र सक्रियता बढाइरहेको उनले बताए ।कपडा उद्योगसँगै बुटवल धागो र बाँकेको कपास उत्पादन कारखाना पनि बन्द छन् ।
