साताको पहिलो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक सकारात्मक देखिएको छ। परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ४१.७० अंकले बढेर २७१९.२४ विन्दुमा पुगेको हो। यसदिन ३४३ वटा स्क्रिप्सको १ करोड २२ लाख ४५ हजार ३३७ कित्ता सेयर ५ अर्ब ५१ करोड २६ लाख ८८ लाख ९७९ रुपैयाँमा खरिदबिक्री भए।
नेप्से परिसूचक उच्च अंकले बढ्दा दुईवटा कम्पनीको सेयर १४ प्रतिशत बढीले वृद्धि भएको छ। एभरेष्ट कलर लिमिटेडको सेयर १४.९७ प्रतिशतले बढ्दा रिड्ज लाइन इनर्जीको सेयर १४.६४ प्रतिशतले बढ्यो। यसैगरी श्रीनगर एग्रिटेक इन्डस्ट्रिजको सेयर १० प्रतिशतले बढ्दा सोलु हाइड्रोपावरको ९.५६ प्रतिशत र रिलायन्स स्पिनिङ्गस मिल्सको सेयर ९.३१ प्रतिशतले बढ्यो।
कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत शीर्षस्थानमा रह्यो। सो कम्पनीले २९ करोड मूल्य बराबरको सेयर कारोबार गर्यो। रिलायन्स स्पिनिङ्गस मिल्सले २४ करोडको कारोबार गर्दा रिडी पावरले २० करोड,कर्पोरे६ डेभलपमेन्ट बैंकले १९ करोड र नेसनल हाइड्रोपावरले १५ करोड मूल्य बराबरको सेयर कारोबार गरे।
कारोबारमा आएकामध्ये २३९ वटा स्टक्सको मूल्य बढ्दा ३२ वटाको घट्यो। ५ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। म्युचुअल फण्डबाहेक अरु बाँकी समूहको उपसूचक सकारात्मक देखिए। म्युचुल फण्डको सेयर ०.०२ प्रतिशतले घट्यो।
