नेपाल राष्ट्र बैङ्कले आज शनिबार असार ९ गते का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपियाँ २१ पैसा र बिक्रीदर १५४ रुपियाँ ८१ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ६४ पैसा र बिक्रीदर १७६ रुपियाँ ३२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपियाँ ३८ पैसा र बिक्रीदर २०६ रुपियाँ १८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८८ रुपियाँ ८७ पैसा र बिक्रीदर १८९ रुपियाँ ६० पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपियाँ ८२ पैसा र बिक्रीदर १०८ रुपियाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपियाँ ५३ पैसा र बिक्रीदर १०९ रुपियाँ ९५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपियाँ ४५ पैसा र बिक्रीदर ११९ रुपियाँ ९२ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ४२ पैसा र बिक्रीदर नौ रुपियाँ ४६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ७७ पैसा र बिक्रीदर २२ रुपियाँ ८६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४१ रुपियाँ ०८ पैसा र बिक्रीदर ४१ रुपियाँ २४ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपियाँ ३० पैसा र बिक्रीदर ४२ रुपियाँ ४६ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ५८ पैसा र बिक्रीदर चार रुपियाँ ६० पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ९९ पैसा र बिक्रीदर ४२ रुपियाँ १५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ६९ पैसा र बिक्रीदर ३७ रुपियाँ ८४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ५४ पैसा र बिक्रीदर १० रुपियाँ ५९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ८६ पैसा र बिक्रीदर १५ रुपियाँ ९२ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ४९ पैसा र बिक्रीदर २३ रुपियाँ ५९ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ६७ पैसा र बिक्रीदर १९ रुपियाँ ७४ पैसा, कुवेती दिनार एकको खरिददर ५०१ रुपियाँ ०१ पैसा र बिक्रीदर ५०२ रुपियाँ ९६ पैसा, बहराइन दिनार एकको खरिददर ४०८ रुपियाँ ९९ पैसा बिक्रीदर ४१० रुपियाँ ५८ पैसा, ओमनी रियाल एकको खरिददर ४०० रुपियाँ ५३ पैसा र बिक्रीदर ४०२ रुपियाँ ०७ पैसा रहेको छ ।
भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
