प्रदीप अधिकारीले श्रीमतीको नाममा एक करोड ७१ लाखको जग्गा घुस लिएको अभियोग, सम्पत्ति शुद्धीकरणको पनि कसुर

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारीविरुद्ध घुस र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ। ठेक्का दिलाएपछि एक करोड ७१ लाख रुपैयाँबराबरको जग्गा श्रीमतीको नाममा घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

उनले गायत्री निर्माण सेवाका प्रेमप्रकाश ढकालसँग घुस लिएको आयोगको दाबी छ। जसमा ढकाललाई समेत प्रतिवादी बनाएर घुस र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *