दक्षिण एसियाली करातेमा मनिषालाई तेस्रो पटक स्वर्ण पदक

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

कैलालीको गौरीगंगा नगरपालिका-१० की मनिषा बोहोराले दक्षिण एसियाली कराते प्रतियोगितामा लगातार तेस्रो पटक स्वर्ण पदक जित्दै ऐतिहासिक सफलता हासिल गरेकि छन् ।

हाल सरस्वती माध्यमिक विद्यालय, गौरीगंगा–१० उदासीपुरमा कक्षा १० मा अध्ययनरत १६ वर्षीया मनिषाले बंगलादेशको राजधानी ढाकामा सम्पन्न १०औँ दक्षिण एसियाली कराते च्याम्पिएन सिप–२०२६ अन्तर्गत महिला जुनियर ६६ केजी तौल समूहमा स्वर्ण पदक जित्दै नेपाललाई गौरवान्वित बनाएकी हुन् ।

यसअघि उनले सन् २०२४ मा भुटानको थिम्फुमा सम्पन्न ८औँ दक्षिण एसियाली कराते च्याम्पियनसिप तथा सन् २०२५ मा श्रीलंकाको कोलम्बोमा सम्पन्न ९औँ दक्षिण एसियाली कराते च्याम्पियनसिप मा पनि स्वर्ण पदक जितेको बताइन्छ । लगातार तीन संस्करणमा स्वर्ण जित्दै मनिषाले दक्षिण एसियाली करातेमा ’ह्याट्रिक’ पूरा गरेकि हुन् ।

मनिषाले गत वर्ष चीनमा सम्पन्न २३औँ एसिया प्यासिफिक जुनियर, क्याडेट तथा यू–१४ कराते च्याम्पियनसिप मा नेपालका लागि ऐतिहासिक कास्य पदक जितेको बताइन  । उनले दुबईमा आयोजित डब्लुकेएफ कराते–१ युथ लिग मा समेत सहभागिता जनाएकि थिइन  ।

राष्ट्रियस्तरमा पनि मनिषाको प्रदर्शन उत्कृष्ट रहेको छ । उनले ५६औँ राष्ट्रिय कराते च्याम्पियनसिप–२०२४ मा स्वर्ण तथा १५औँ राष्ट्रपति रनिङ शिल्ड–२०२५ मा रजत पदक जितेकी हुन ।

वि.सं. २०६६ माघ २ गते जन्मिएकी मनिषाका पिता नरेन्द्रबहादुर बोहरा र माता गमादेवी बोहरा हुन् । कराँते यात्राको सुरुवात वि.सं. २०७८ सालदेखि गरेकी उनिले छोटो समयमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गरेकि छन् ।

मनिषाको पछिल्लो सफलताप्रति गौरीगंगा नगरपालिका, सरस्वती माध्यमिक विद्यालय, खेलप्रेमी तथा सुदूरपश्चिमवासीले खुसी व्यक्त गर्दै उज्ज्वल भविष्यको शुभकामना दिएका छन् ।

नेपाली राष्ट्रिय कराते टोलीसंगै रहेर तालिम लिईरहेकी उनिले आफ्नो सफलताका पछाडी नेपाल कराते महासंघका केन्द्रिय अध्यक्ष युवराज लामा, उपाध्यक्ष मकेन्द्रबहादुर सिंह, प्रमुख प्रशिक्षक कुशल श्रेष्ठलगायत कराते महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष त्रैलोक्यनाथ पाण्डेयको सहयोग रहेको बताए  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *