मधेस प्रदेश सभाको बैठक बिहीबारसम्म स्थगित

अर्थ मुख्य समाचार राजनिति समाचार सुचना/प्रबिधि

प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरुको अवरोधका कारण  बुधबारको  स्थगित भएको मधेश प्रदेशसभाको बैठक अाज दिउसाे १ः०० बजे वस्ने भएकाे छ  । मधेश प्रदेशसभाका सभामुख रामअशिष यादवको अध्यक्षतामा बुधवार बसेको  बैठक प्रमुख प्रतिपक्षी दल जनता समाजवादी पार्टी नेपालका प्रदेशसभा सदस्य उपेन्द्र महतोले मधेश प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३—८४ को बजेट मन्त्रीमुखी र सत्ता पक्षका सांसदमुखि भएको भन्दै बजेट संशोधनको माग गरेका थिए ।

उनले मधेश प्रदेश सरकारका मन्त्रालयहरुको विभिन्न जिल्लामा कार्यालयहरु रहँदा पनि बजेट मन्त्रालयमा केन्द्रित गरिएको आरोप लगाउदै  प्रदेश सरकारले आगामी आर्थिक वर्षमा टुक्रे योजना नल्याउने सार्वजनिक रुपमा भने पनि बजेटमा पाँच लाख सम्मको योजनाहरु समावेश गरिएकोप्रति आपत्ति जनाए  ।

उनले विभिन्न जिल्लाका फरक फरक प्रकृति योजनालाई जोडेर एक करोड बनाइएको भन्दै सरकारले समानुपातिक किसिमले बजेट नल्याएको हुदा  बजेट संशोधन नभएसम्म संसद चल्न नदिने अडान राखेपछि सभामुख रामअशिष यादवले १० मिनेटका लागि हिजाेको वैठक स्थगित गरेका थिए ।

वैठक पुनः सञ्चालनको विषयमा दलहरुविच कुरा नमिलेपछि सूचना टाँस गरी आज बिहीबार दिउसो १ वजे पुनः वैठक बस्नेगरी हिजाेको बैठक स्थगित भएको थियाे ।

वैठकको शुरुमै सत्तासिन दल नेपाली काँग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले जिल्ला स्वास्थ्य कार्यालय धनुषा र महोतरीमा विकास निर्माणका कामकाज सम्पन्न भइसक्दा पनि अर्थ मन्त्रालयले भूक्तानी दिने विषयमा रोक लगाएको भन्दै मधेश प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए  ।

वैठकमा प्रदेश विनियोजन विधेयकअन्तर्गत आगामी आर्थिक वर्ष २०८३—८४ का लागि विनियोजन भएको विषयगत मन्त्रालयका शीर्षकमाथि छलफल हुने कार्यक्रम रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *