विश्वविजेता स्पेनले पायो पाँच करोड अमेरिकी डलर पुरस्कार

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

फुटबलको महाकुम्भ २३औँ फिफा विश्वकप–२०३६ स्पेनलाई च्याम्पियन बनाउँदै सकिएको छ ।अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा आइतबार राति भएको फाइनल खेलमा साविक विजेता अर्जेन्टिनालाई १–० गोलले हराउँदै स्पेन च्याम्पियन बनेको हो ।

आर्थिक हिसावले हालसम्मकै ठूलो र महङ्गो मानिएको यस विश्वकपको उपाधिसँगै स्पेनले पाँच करोड अमेरिकी डलर (करिब सात अर्ब ६६ करोड ५० लाख नेपाली रुपियाँ) पुरस्कार पाएको छ ।

यस पुरस्कार अघिल्लो संस्करणको भन्दा धेरै हो । सन् २०२२ को कतार संस्करणको विजेता अर्जेन्टिनाले चार करोड २० लाख अमेरिकी डलर पाएको थियो ।

यस्तै यसपटक उपविजेता अर्जेन्टिनाले तीन करोड ३० लाख, तेस्रो भएको इङ्ल्यान्डले दुई करोड ९० लाख र चौथो भएको फ्रान्सले दुई करोड ७० लाख अमेरिकी डलर पुरस्कार पायो ।

यस्तै पाँचौँ देखि आठौँ स्थानमा रहने टाेलीले एक करोड ९० लाख डलर, नवौँ देखि १६औँ स्थानमा रहनेले एक करोड ५० लाख,  १७औँ देखि ३२औँ स्थानमा रहने टोलीले एक करोड १० लाख र समूह चरणबाटै बाहिरिने टोलीले ९० लाख अमेरिकी डलर पुरस्कार पाएका छन् ।

आयोजक विश्व फुटबल महासङ्घ (फिफा) का अनुसार विश्वकपमा सहभागी ४८ वटै टोलीलाई तयारी खर्च स्वरुप १५ लाख अमेरिकी डलर पनि उपलब्ध गराईएको थियो । एजेन्सी 

Leave a Reply

Your email address will not be published. Required fields are marked *