नेपालमा भोलि १ हजार बढी मेट्रिक टन डीएपी मल आइपुग्ने

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

नेपालमा आज  १ हजार २५० मेट्रिक टन डीएपी मल आइपुग्दै छ। ग्लोबल टेन्डरमार्फतबाट खरिद गरिएको ३० हजार मेट्रिक डीएपी मल भारतको कोलकाता बन्दरगाहमा १० जुलाईमा आइपुगेको थियो।

सो मलमध्ये १ हजार २५० मेट्रिक टन मल १ गते नेपालतर्फ ढुवानी सुरु भएको र सो मल आज साउन ४ गते नेपाल आईपुग्न लागेकाे हाे  बाँकी रहेको मल हाल कोलकाता बन्दरगाहमै प्याकेजिङको काम भइरहेको बताइएकाे छ।

प्याकेजिङ सम्पन्न भएसँगै हिजाे अर्को एक रेक वीरगन्ज चलान भएको छ। बाँकी क्रमशः नेपाल भित्रिने छ। त्यस्तै ३० हजार मेट्रिक टन युरिया मल समेत कोलकत्तामा आइपुगेको र हाल अनलोडिङ र प्याकेजिङको काम भइरहेको जानकारि प्राप्त भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *