अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको अमेरिकी दाबी ‘पूर्ण कपोलकल्पित’ : चीन

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति समाचार सुचना/प्रबिधि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकी निर्वाचनको तथ्याङ्कमा हस्तक्षेप गरेको बताएपछि शुक्रबार बेइजिङले आरोप ‘कपोल कल्पित’ भएको भन्दै यसको खण्डन गरेको छ । ‘मिडटर्म’ निर्वाचनअघि ट्रम्पले मतदाता ठगीबारे आफ्नो पुरानो र आधारहीन दाबीलाई पुनः जीवित गर्नुभएको छ । धेरैले यसले उहाँलाई थप विवादित बनाउने अपेक्षा गरिरहेका छन् ।

राष्ट्रपति ट्रम्पले बिहीबार ह्वाइट हाउसमा गरेको सम्बोधनमा अमेरिकी निर्वाचन प्रणाली खतरनाक रूपमा जोखिममा रहेको बताएका थिए भने उनले कानुन निर्मातालाई मतदानमा नयाँ प्रतिबन्ध लागु गर्न आह्वान गरे  । यद्यपि उहाँको आफ्नै रिपब्लिकन पार्टीभित्र पनि यी उपायबारे खासै रुचि राखेको देखिएको छैन । अमेरिकी राष्ट्रपति ट्रम्पले चीनले अवैधरूपमा २२ करोड मतदाता फाइल प्राप्त गरेको देखाउने खुफिया जानकारीलाई वर्गीकरण नगर्ने पनि बताए  ।

“अमेरिकी पक्षबाट गरिएका सम्बन्धित दाबी पूर्णरूपमा कपोल कल्पित र दुर्भावनापूर्ण आरोप हुन् जुन पहिले नै आधारहीन साबित भइसकेका छन्,” चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले ट्रम्पको पछिल्लो दाबीबारे सोध्दा पत्रकार सम्मेलनमा भने  । “चीनलाई अमेरिकी निर्वाचनमा कुनै चासो छैन र कहिल्यै हस्तक्षेप गरेको छैन,” लिनले भने  । “कसले नियमितरूपमा अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने बानी राख्छ भन्ने अन्तर्राष्ट्रिय समुदायले स्पष्टरूपमा देखेको छ,” उनले भने  ।

“हामी अमेरिकी पक्षलाई आफ्नो कार्यको आत्मनिरीक्षण गर्न, चीनमाथि आधारहीन आरोप लगाउन बन्द गर्न, आफ्नो निर्वाचनबारेमा चीनलाई मुद्दा बनाउन रोक्न र चीन–अमेरिका सम्बन्धलाई फाइदा पुर्याउने काम गर्न आह्वान गर्दछौँ,“ उनले थप भने । सन् २०२० को निर्वाचनमा धाँधली भएको ट्रम्पको दाबी कहिल्यै प्रमाणित भएको छैन । करिब ६० भन्दा बढी मुद्दामा कुनै अदालतले निर्वाचनको नतिजा बदल्न सक्ने ठगी भएको फैसला गरेको छैन । पुनः गणना, अडिट र उनको आफ्नै न्याय विभागले पनि यस्तो केही फेला पारेको पाइदैन ।एएफपी 

Leave a Reply

Your email address will not be published. Required fields are marked *