मुख्यमन्त्रीको प्रस्ताव : नेकपाद्वारा अस्वीकार

मुख्य समाचार राजनिति समाचार सुचना/प्रबिधि

सुदूरपश्चिम प्रदेश सरकारको बजेट पारित गराउन मुख्यमन्त्री कमलबहादुर शाहले नेकपासँग गरेको सहयोगको प्रस्ताव साे दलले अस्वीकार गरेकाे  छ। सरकारलाई समर्थन गरिरहेको एमालेले साथ छाडेपछि बजेट पारित गर्न जटिल बनेको अवस्थामा मुख्यमन्त्री शाहले नेकपा संसदीय दलसँग छलफलका लागि प्रस्ताव गरेका थिए  ।

मुख्यमन्त्रीको आग्रहपछि नेकपा संसदीय दलका नेता खगराज भट्टले सांसद मानबहादुर धामी र रमेश धामीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफलका लागि पठाएकाा थिए  छलफलका क्रममा मुख्यमन्त्री शाहले प्रदेश सरकारको बजेट पारित गर्न सहयोग गर्न अनुरोध गरेका थिए  ।

तर वर्तमान अवस्थामै बजेट पारित गर्न सहयोग गर्न नसकिने  भट्टले बताए पछि  सरकार अल्पमतमा परेको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *