त्रिभुवन, भीमफेदी, कुलेखानी र कान्तिलोकपथमा सवारी सञ्चालनमा रोक

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

मकवानपुरको विभिन्न गाउँपालिका क्षेत्रमा अविरल वर्षा भइरहेकाले विभिन्न स्थानमा पहिरो जानसक्ने सम्भावना बढेको भन्दै सवारी सञ्चालनमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा जारी सूचनामा त्रिभुवन राजपथको दामन पालुङ हुँदै काठमाडौँतर्फ जाने सबै प्रकारका सवारीसाधनलाई आज साँझ ५ः०० बजेदेखि मङ्गलबार बिहान ५ः०० बजेसम्मका लागि सञ्चालनमा रोक लगाएको जनाइएको छ ।

हेटौँडास्थित चौकीटोलबाट जिल्ला प्रहरी कार्यालयद्वारा खटिएको प्रहरी टोलीले हिजाे साँझ ५ः०० बजेदेखि काठमाडौँ र भीमफेदीतर्फ जाने सवारीसाधनलाई पूर्ण रूपमा रोक लगाएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मोहन राजजोशीले  जानकारी दिए ।

हेटौँडा-काठमाडौँ जोड्ने कान्तिलोक पथका लागि पनि जिल्ला प्रशासन कार्यालयले प्रत्येक दिन साँझ ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्मका लागि सबै प्रकारका सवारी सञ्चालन गर्न रोक लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

स्थानीय चौघडाबाट प्रहरीको समन्वयमा सवारी सञ्चालनमा रोक लगाइएको उहाँले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *