आँधीका कारण ताइवानमा हजारौँ विस्तापित

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

जापानबाट चीनतर्फ धकेलिएको आँधी बावीका कारण ताइवानमा १४ हजार भन्दा बढी मानिस आफ्नो घर छोडेर भाग्न बाध्य भएका छन् भने धेरै पसल तथा व्यावसाय बन्द रहेको जनाइएको छ । बावीले आँधी ओकिनावामा हजारौँलाई प्रभावित बनाएको छ भने आइतबार बिहान चीनमा अवतरण गर्ने अपेक्षा गरिएको छ ।

बावीका कारण आएको तीव्र हावा र भारी वर्षाले सबैभन्दा बढी प्रभावित क्षेत्र ताइवानको बन्दरगाह सहर कीलुङमा सडक सुनसान भएको जनाइएको छ । गत सोमबार गुआम र उत्तरी मारियानासमा प्रहार गरेपछि, बावीले प्रशान्त महासागर क्षेत्रमा अवतरण गरेको जनाइएको छ । ताइवानको केन्द्रीय मौसम विभागले (सिडब्लुए) बावीको अधिकतम निरन्तर हावाको गति १४४ किलोमिटर प्रति घन्टामा झरेको जनाइएको छ भने शनिबार करिब १८० किलोमिटर प्रति घण्टाको हावाको साथले आँधीबेहरीको “तीव्रतामा कमजोर” भएको बताएको छ ।

सिडब्लुएले उत्तरी ताइवानमा भारी वर्षा र बावी टापुको उत्तरमा पुग्दा तटमा १० मिटर अग्लो “खतरनाक छाल”को चेतावनी दिएको छ । आँधीका कारण २७ हजारभन्दा बढी घर बिजुली विहीन भएको जनाएको छ । आँधीको प्रभाव शनिवार दिउँसोको समयमा बढी प्रभावकारी हुने सिडब्लुएका पूर्वानुमान-कर्ता जेसन चेङलाई उदृत गर्दै एएफपीले जनाएको छ ।

बावी शुक्रबार ताइवानमा ३० वर्षभन्दा बढी समयपछि आएको सबै भन्दा ठुलो टाइफुन हुने र त्यस बेला देखि यसको तीव्र हावाको दर ३५० किलोमिटरमा सङ्कुचित हुने गरिएको चेङले बताए । केही ताइवानीले सरकारको टाइफुन चेतावनीमा निराशा व्यक्त गरेका छन् भने जसले गर्दा अधिकांश व्यवसाय बन्द गर्न र मानिसलाई घरभित्रै बस्न बाध्य बनाएको थियो ।

सरकारी प्रतिवेदनले आँधीलाई यसलाई पूर्णतया डर लाग्दो बनाइ सबैलाई आतङ्कित पारेको किलुङका अर्का एक जना व्यावसायी लीले आँधीका कारण व्यापार गुमाएकोमा निराश भएको बताए । टाइफुनले जापानको दुर्गम दक्षिणपश्चिमी टापुमा प्रहार गर्दा मियाको क्षेत्र सबै भन्दा बढी प्रभावित भए पछि ओकिनावाका १८ हजार भन्दा बढी घरपरिवार र सुविधाले बिजुली गुमाएको जनाएको छ ।

आधीका कारण जापानी एयरलाइन्सले दर्जनौँ उडान रद्द गरेको जनाइएको छ भने यसका कारण २६ हजार भन्दा बढी यात्रु प्रभावित भएका छन् । बावीले सबैभन्दा खराब अवस्था लिइरहेको जनाउँदै सामाजिक सञ्जाल एक्समा पोस्ट गरेका छन् । फिलिपिन्समा शुक्रबार दक्षिणी टापु मिन्डानाओमा भएको भारी वर्षाले गर्दा आएको दुई वटा पहिरोमा कम्तीमा १५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

सरकारी टेलिभिजन सिसी टिभीका अनुसार पूर्वी झेजियांग प्रान्त र उत्तरपूर्वी फुजियान प्रान्तमा भारी वर्षा हुने पूर्वानुमान गरिएको जनाइएको छ । झेजियांगको सियागुआन सहरमा, दस हजारभन्दा बढी मानिसलाई “तीव्र हावा”को जोखिमका कारण आफ्नो घरबाट सुरक्षित स्थानमा स्थानान्त्रण गरिएको सिसी टिभीले जनाएको छ ।

लामो समयसम्म चलेको चरम मौसमले यस हप्ता दक्षिणी तथा मध्य चीनमा विनाश गरेको जनाइएको छ भने आँधीबेहरी  कम्तिमा ३९ जनाको ज्यान लिनुका साथै दर्जनौं नदीमा बाडी आएको छ र जलाशयका बाँध फुटेको उल्लेख गरिएको छ । एएफपी 

Leave a Reply

Your email address will not be published. Required fields are marked *