मदन भण्डारी फाउन्डेसनद्वारा आज आयोजना हुन लागेको कार्यक्रममा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले एकै मञ्चबाट सम्बोधन गर्ने भएका छन् । सरकारले भ्रष्टाचारीलाइ निर्मम प्रहार गर्न थालेपछि अत्तालिएका ओली र प्रचण्ड एउटै मञ्चबाट संभवत आन्दाेलनकाे घाेषणा गर्दै छन् भन्ने बुझिएकाे छ ।
फाउन्डेसनद्वारा मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा आज राष्ट्रिय सभा गृहमा आयोजना हुने ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक कार्यक्रममा लामो समयपछि ओली र प्रचण्ड एकै मञ्चबाट सम्बोधन गर्ने भएका हुन ।
फाउन्डेसनका कार्यवहाक सचिव डा. भेषराज अधिकारीका अनुसार उक्त कार्यक्रममा नेकपाका नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्ने छन् ।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले उक्त कार्यक्रममा अध्यक्ष ओली जाने जानकारी दिए । यसैगरी, संयोजक दाहालका सहयोगी गोविन्द आचार्यका अनुसार कार्यक्रममा उनि जाने जनाए । सत्तावाट बहिरगमन भएपछि राजनैतिक छटपटिका बिच आज उनिहरू एउटै मन्चमा भेलाहुन लागेका हुन । वर्तमान सरकारले भ्रष्टाचारीलाइ निर्मम प्रहार गर्न थालेपछि उनिहरूमा छटपटी बढन थालेकाे आंकलन हुदै आएकाे छ ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यता रहने उक्त कार्यक्रममा ‘श्वेतशार्दूल (मदन भण्डारीको जीवन)’ का लेखक रमेश रुछेन राईलाई पुरस्कार तथा सम्मानपत्र प्रदान गर्ने कार्यक्रम पनि रहेको छ ।
