दक्षिण कोरियाका पूर्व राष्ट्रपति योनमाथिको सात वर्षे जेल सजाय सर्वोच्चद्वारा सदर

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

दक्षिण कोरियाको सर्वोच्च अदालतले बिहीबार पूर्व राष्ट्रपति योन सुक यीओलमाथिको ७ वर्षे जेल सजाय सदर गर्ने निर्णय गरेको छ ।सन् २०२४ मा मार्शल ल घोषणा गरेर लोकतन्‍त्रलाई कमजोर बनाउने तथा राजनीतिक अस्थिरता सिर्जना गर्ने काम गरेको आरोपमा उनिमाथी याे सजाय ताेकिएकाे हाे ।  

‘सबै अपिलहरु खारेज गरिएको छ,’ एक शीर्ष न्यायाधिसले टेलिभिजन सम्बोधनमा भने । उनले यसअघिको अदालतको आदेशलाई लिएर कानुनी रुपमा कुनै गलत बुझाई नरहेको बताए । योनको कानुनी टिमले यस निर्णयले गहिरो पछुतो लागेको जनाएको छ । सर्वोच्च अदालतले पर्याप्त गृहकार्य बिना नै यस्तो निर्णय गरेको निष्कर्ष टोलीले निकालेको छ ।

‘हामी यस आदेशलाई संवैधानिक प्रक्रियामार्फत चुनौती दिन्छौं । जसमा संवैधानिक उजूरी पनि समावेश हुनेछ,’ योनका एक वकिलले भने । यसअघि जनवरीमा एक तल्लो अदालतले उनीमाथि शक्तिको दूरूपयोग गरेको भन्दै ५ वर्षे जेलसँग सजाय सुनाएको थियो । उक्त मुद्दामा पुनरावेदन अदालतले ७ वर्ष सजाय सुनाएको थियो । महाभियोग लागेर हटेका यी राष्ट्रपति अहिले हिरासतमा छन् ।

उनले आफुले जनइच्छाबाट प्रेरित भएर मार्शल ल लगाएको बताउँदै आएका छन् । यद्यपी, अदालतले यसलाई सुनियोजित षड्यन्‍त्र भनेको छ । यसले सामाजिक रुपमा ठूलो क्षति पुर्याएको अदालतको ठहर छ । उत्तर कोरियामा ड्रोन पठाएको अर्को एक मुद्दामा योनमाथि ३० वर्षको जेल सजाय छ ।

एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *