सबडिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख पक्राउ

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट खटिएको टोलीले सबडिभिजन वन कार्यालय बन्दीपुर सिरहाका प्रमुख रामकेवल राय यादवलाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा खटिएको टोलीले सेवाग्राहीसँग १२ हजार घुस लिइरहेको समयमा आज मङगलवार कर्जन्हा नगरपालिका वडा ४ बन्दीपुरबाट यादव पक्राउ परेका हुन् ।

घुस मागेपछि सेवाग्राही अख्तियार दुरुपयोग अुसन्धान आयोग बर्दिवास पुगेर जानकारी गराएको थियो । सोही जानकारीको आधारमा अख्तियारबाट खटिएको टोलीले यादवलाई पक्राउ गरिएको हो ।

यस विषयमा डिभिजन वन कार्यालय लहानका सूचना अधिकारी वन अधिकृत राधेश्याम चौधरीसँग सम्पर्क गरेर जिज्ञासा राख्दा बेलुका ५ बजे अख्तियारले बन्दीवुर सवडिभिजन कार्यालयका प्रमुख यादवलाई पक्राउ गरेको पुष्टि गरे  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *