गुआम र उत्तरी मारियानास हुँदै अमेरिकी प्रशान्त क्षेत्रलाई खतरामा पार्ने दोस्रो “सुपर टाइफुन” बावी नाम दिएको आँधी शनिबार अमेरिकी प्रशान्त क्षेत्रमा प्रवेश गरेको जनाइएको छ ।
द्वीप समूहको सयौं किलोमिटर पूर्वमा २५९ किलोमिटर देखि प्रति घण्टा र ३१४ किलोमिटर प्रति घण्टा सम्मकाे दरमा आएको साथ संयुक्त टाइफुन बावीको चेतावनी जारी गरिएको छ । हालको पूर्वानुमानले मारियानासका लागि गम्भीर परिदृश्यको सङ्केत जारी गरेको अमेरिकी राष्ट्रिय मौसम सेवाले चेतावनी दिएको छ । टापुका लगभग दुई लाख बासिन्दा ग्यास खाना, पानी र अन्य अत्यावश्यक वस्तु किन्नका लागि सुपरमार्केटमा जम्मा भएको एएफपीले जनाएको छ ।
शनिबार संयुक्त राज्य अमेरिकी स्वतन्त्रताको २५० औँ वर्ष मनाउने योजना गुआम र उत्तरी मारियानासमा बावीका कारण आपतकालिन अवस्था घोषणा गरेसँगै प्रभावित भएको जनाइएको छ । उत्तरी मारियानास टापुमा लगभग ४० हजार मानिसको बसोबास गर्छन भने गुआममा-एक लाख ७० हजार मानिसको बसोबास रहेको छ ।
अप्रिलको मध्यमा आएको सिन्लाकु आँधीले दशौँ हजार मानिसको बिजुली सेवा प्रभावित बनाएको, रुख ढलेको कार पल्टिएको र भवन क्षेतिग्रस्त भएको जनाइएको छ । एउटा मालवाहक जहाज, एमभी मारियाना, इन्जिनमा समस्याका कारण दुर्घटना हुँदा मृत्युवरण गरेका चालक दलका एक जना सदस्यको शव बरामद भएको र अन्य पाँच जना बेपत्ता भएको जनाइएको छ ।
बावीको आगमन अघि नै विपद टोली र आपूर्ति तैनाथ गरिएको जनाउँदै अमेरिकी रेड क्रसले केही स्थानीय अझै पनि अस्थायी आश्रयमा रहेको चेतावनी दिएको छ । अस्थाई आवासमा बसिरहेकाले बिजुली पानीलगायतका आधरभुत आवाश्यकताको कमी रहेको र सहायताका लागि आवेदन प्रक्रियाले धेरै लामो भएको बताएका छन् भने टापुमा थप मनोचिकित्सक र आर्थिक सहयोगको माग गरेका छन् ।
विश्व मौसम विज्ञान सङ्गठनले एल निनो, सामान्यतया प्रत्येक दुईदेखि सात वर्षमा देखा परी नौ देखि १२ महिनासम्म रहने जनाउँदै, उष्णकटिबंधीय प्रशान्तमा सुरु भइसकेको र यो बलियो हुने सम्भावना रहेको चेतावनी दिएको छ । प्राकृतिक जलवायु घटनाले मध्य र पूर्वी भूमध्यरेखीय प्रशान्त महासागरको सतहको तापक्रमलाई बढाउँछ, जसले हावा, दबाब र वर्षाको प्रकृतिमा विश्वव्यापी परिवर्तन ल्याउँछ । एएफपी
