आज जेठ १९ : राजदरबार हत्याकाण्डको २५ वर्ष पुरा

आज जेठ १९ नेपाल र नेपालीका लागी कालाेदिन  आजैका दिन  पूर्वराजा वीरेन्द्र शाहलगायत परिवारको नारायणहिटी राजदरबारमा हत्या भएकोमा  २५औँ स्मृति दिवस मनाइँदै छ । विसं २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा राजपरिवारको भोज कार्यक्रम थियो । त्यही भोजमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति, वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र, राजपरिवारका अन्य सदस्य […]

Continue Reading

काठमाडौं-शेन्जेन सिधा उडान सुरु गर्दै हिमालय एयरलाइन्स

नेपालबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनको आर्थिक तथा प्रविधि केन्द्रका रूपमा परिचित शेन्जेन सहरसँग राजधानी काठमाडौंलाई प्रत्यक्ष हवाई सेवामार्फत जोड्ने भएको छ। कम्पनीले यही जेठ २१ गतेदेखि काठमाडौं–शेन्जेन–काठमाडौं सिधा उडान सेवा सञ्चालनमा ल्याउने घोषणा गरेको हो। नयाँ उडान सेवाअन्तर्गत काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र चीनको शेन्जेन बाओआन अन्तर्राष्ट्रिय विमानस्थलबीच साप्ताहिक दुई उडान […]

Continue Reading

बागमती नदीमा अवैध मोबाइल क्रसर सन्चालन राेकिएन

सर्लाहीको बागमती नदी मै अवैध मोबाइल क्रसर लगाएर व्यापक मात्रामा दोहन कार्य गरिरहेको पाइएको छ ।सर्लाही स्थित बगमती नदिको विभिन्न घाटमा भइरहेको अबैध उत्खननलाई तत्काल रोक्न प्रधानमन्त्री मन्त्री कार्यालयबाट लिखित रुपमै पत्राचार गर्नुका साथै प्रमुख जिल्ला अधिकारीलाई फोन मार्फत समेत उत्खनन रोक्न निर्देशन भएको थियो । बागमती नदिमा भइरहेको अबैध उत्खनन एवं दोहन रोक्न प्रधानमन्त्री […]

Continue Reading

बिचौलिया भट्ट र शंकर ग्रुपले बैंकको मात्रै ५४ करोड दुरुपयोग गरेको सिआइबीको निष्कर्ष

बिचौलिया दीपक भट्ट र शंकर ग्रुपले गरेका आर्थिक अपचलनबारे सरकारी निकायहरूले अनुसन्धान टुंग्याएका छन् । उनीहरूविरुद्ध पाँचवटा मुद्दा दायर गर्न रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालय पुगेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट एउटा तथा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट चार मुद्दा दायर गर्न सिफारिस भएको हो । सिआइबीले धितोपत्र कसुर, बिमा कसुर तथा बैंकिङ कसुरमा अनुसन्धान सकाएको […]

Continue Reading

कांग्रेसकाे छाया सरकारमा काे काे परे ?

प्रमुख प्रतिपक्षी दल कांग्रेसले ‘छाया सरकार’ बनाएको छ । सरकारको कामकारबाहीको निगरानी गर्ने र संसदीय कामकारबाहीलाई प्रभावकारी बनाउने भन्दै सांसदहरूलाई प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको जिम्मेवारी तोकेको हो । संसदीय दलका नेता भीष्मराज आङ्देम्बेलाई ‘छाया प्रधानमन्त्री’ तोकेको कांग्रेसले बाँकी १७ वटै मन्त्रालयमा छायामन्त्री बनाएको छ । आङ्देम्बेले नै छाया सरकारमा सांसदहरूलाई जिम्मेवारी दिएका हुन् । प्रकाशसिंह कार्की गृह, नरेन्द्रकुमार केरुङ अर्थ, सुनीलबहादुर थापा […]

Continue Reading

नेपालमा मनसुन कहिले देखी ?

दक्षिण-पश्चिम मनसुन प्रवेशमा ढिलाइ हुने संकेत बलियो बन्दै गएको छ । यस वर्ष दक्षिण भारतीय राज्य केरलमै तत्काल मनसुन भित्रने संकेत नदेखिएकाले त्यसको प्रत्यक्ष असर नेपालमा पर्ने मौसमविद्हरूले बताएका छन् । गत वर्ष नेपालमा सरदरभन्दा १५ दिन अगावै मे २९ मा मनसुन भित्रिएको थियो । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्याल भारतमै मनसुन प्रणाली विकसित […]

Continue Reading

म्याद थपबिना पुुरा हुदैनन आयोजनाहरू

मुलुकको पूर्वाधार विकासमा ‘म्याद थप’ (टाइम एक्सटेन्सन) एउटा गम्भीर प्रवृत्तिका रूपमा विकसित भएको छ । आयोजना र म्याद थप एक अर्काका पूरक जस्तै बन्दै गएका छन् । बिनाम्याद थप कुनै पनि आयोजना सम्पन्न हुन सक्दैन भन्ने भाष्य स्थापित भइसकेको छ । केही सानातिना स्थानीय पूर्वाधारबाहेक म्याद थप नगरी कुनै आयोजना सम्पन्न भएको देखिँदैन । म्याद थपले परियोजनाको लागत बढाउने, […]

Continue Reading

अघि बढ्यो पश्चिम सेती ४०० केभी प्रसारण लाइन आयोजना

पश्चिम नेपालमा निर्माण हुने ठूला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा पश्चिम (वेस्ट) सेती ४०० केभी प्रसारण लाइन आयोजना अघि बढाइएको छ। आयोजनाको कार्यान्वयनका लागि ‘वेस्ट सेती ट्रान्समिसन लिमिटेड’ नामक विशेष प्रयोजन कम्पनी (एसपीभी) स्थापना गरिएको छ। करिब २० अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजना ३० प्रतिशत इक्विटी र […]

Continue Reading

नेपालमा सेवा दिन खोज्दै एलन मस्कको कम्पनी, सञ्चारमन्त्रीसँग निर्देशकको भेट

स्याटेलाईट प्रविधिमा आधारित इन्टरनेट सेवा प्रदायक अन्तर्रास्ट्रिय  कम्पनी स्टारलिंककी निर्देशक रेबिका हन्टरले आज सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग मन्त्रालयमा भेटवार्ता गरेकी छन् । भेटका क्रममा हन्टरले स्टारलिंकले नेपालमा इन्टरनेट सेवा सञ्चालनका लागि अनुमति लिन चाहेको तर केही नीतिगत तथा कानुनी जटिलताका कारण अनुमती पाउन नसकेको बताएकाे मन्त्रालयको सचिवालयले जनाएको छ । लाइसेन्समा शतप्रतिशत स्टारलिंककै स्वामित्व […]

Continue Reading

श्रीलंकन प्रिमियर लिगमा सन्दीप, दीपेन्द्र र कुशल अनुबन्धित

श्रीलंकामा हुने फ्रेन्चाइज क्रिकेट प्रतियोगिता श्रीलंकन प्रिमियर लिग (एलपीएल) मा नेपालका ३ प्रमुख खेलाडी स्पिनर सन्दीप लामिछाने अलराउन्डर दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेल अनुबन्धित भएका छन्। सन्दीप र दीपेन्द्रलाई जाफ्ना किङ्सले टोलीमा समावेश गरेको छ भने कुशल भुर्तेललाई कोलम्बो क्यापिटल्सले खरिद गरेको हो। यससँगै नेपाली खेलाडीहरूको अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा उपस्थिति थप मजबुत बनेको देखिएको […]

Continue Reading